Logo

शनिवार, कार्तिक १ गते २०८३

images

गल्याङमा काव्यगोष्ठी–२०८१ सम्पन्न 

गल्याङमा काव्यगोष्ठी–२०८१ सम्पन्न 

  • गोपाल जिटी
  • आइतवार, पौष २१ २०८१


  • गल्याङमा काव्यगोष्ठी–२०८१ सम्पन्न 

    पुस–२१ वालिङ ।
    स्याङ्जाको गल्याङमा काव्यगोष्ठी–२०८१ सम्पन्न गरिएको छ ।
    कविशिरोमणि लेखनाथ पौड्यालको १४२ औं जन्मजयन्तीको सन्दर्भमा जगत्रदेवी साहित्य संगम, गल्याङ, स्याङ्जाद्वारा काव्यगोष्ठी– २०८१ शनिबार गरेको हो ।
    काव्यगोष्ठीको उद्घाटन गर्दै वरिष्ठ साहित्यकार डा. शैलेन्दुप्रकाश नेपालले कविशिरोमणि लेखनाथ पौड्यालको नेपाली साहित्यमा काव्यिक योगदान विशेष महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नेपाली साहित्यलाई विश्व साहित्यसङ्ग प्रतिस्पर्धा गर्नसक्ने अवस्थामा पु¥याउने व्यक्तित्व रहेको उल्लेख गर्नुभयो ।
    पछिल्लो समयमा आएर स्याङ्जाको गल्याङ साहित्यको केन्द्र बन्दै गरेको र त्यस सन्दर्भमा युवा स्रष्टाहरुको विशेष योगदान रहेको उहाँको भनाई थियोे । साहित्यको माध्यमबाट समाजलाई सजग र सुसंस्कृत बनाउन भूमिका खेल्ने भएकाले विद्यार्थीतहसम्म लैजानपर्ने वरिष्ठ साहित्यकार डा. नेपालले व्यक्त गर्नुभयो ।
    काव्यगोष्ठी–२०८१ को प्रायोजन गर्नुभएका सहृदयी सिर्जनशील व्यक्तित्व अमरविक्रम अधिकारी (गल्याङ–११, तुलसीभञ्ज्याङ्, हाल– न्यूयोर्क, अमेरिका ) लाई उहाँको विशेष सहयोग र सद्भावको उच्च कदरस्वरुप कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियोे । उहाँको अनुपस्थितिमा उहाँकि दिदी मीना न्यौपानेलाई कदरपत्र प्रदान गरिएको हो । 
    कार्यक्रमका अवसरमा नेपाली भाषा–साहित्यको क्षेत्रमा पु¥याएको योगदान उच्च कदर स्वरुप कार्यक्रमका प्रमुख आमन्त्रित डा. शैलेन्दुप्रकाश अधिकारीलाई जगत्रदेवी साहित्य सम्मान–२०८१ समर्पण गरिएको छ । 
    कार्यक्रममा सहभागीहरु अधिकांशले आ—आफ्ना रचना वाचन गरेका थिए ।Messenger_creation_D269117B-F686-45F7-AE13-3C501EA51353.jpeg

    आइतवार, पौष २१ २०८१०९:५१:३१

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend