Logo

आइतवार, कार्तिक २ गते २०८३

images

ठूलो भूकम्पपछि परकम्पको जोखिम ः सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह

ठूलो भूकम्पपछि परकम्पको जोखिम ः सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह

  • PNN Times
  • मंगलवार, पौष २३ २०८१


  • ठूलो भूकम्पपछि परकम्पको जोखिम ः सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह

                                                                               फोटो फाईल

    पुस–२३, काठमाडौ ।
    ठूलो भूकम्पछि परकम्प जानसक्ने जोखिम रहने राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीका अनुसार कुनै पनि ठूलो भूकम्पपछि परकम्प आउने सम्भावना हुन्छ ।
    आज बिहान ६ बजेर ५० मिनेटमा तिब्बतको दिङ्गे काउन्टी केन्द्रबिन्दु बनाएर ७ म्याग्निच्युडको ठूलो भूकम्प गएको हो । भूकम्पको धक्का नेपालका विभिन्न भागमा पनि महसुस गरिएको छ । यो भूकम्पपछि परकम्प पनि आउन सक्ने केन्द्रले जनाएको छ ।
    यसैबीच भूकम्पको धक्कापछि प्रधानमन्त्री केपी शर्मा ओलीले सतर्क रहन आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् उहाँले बेलाबेला स–साना भूकम्पको धक्का आइरहेका भन्दै सबैलाई सतर्क रहन, सुरक्षित बस्न आग्रह गर्नुभएको हो ।

    images

    मंगलवार, पौष २३ २०८१०८:१०:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend