Logo

शनिवार, कार्तिक १ गते २०८३

images

भाईटिकाको दिन मन्त्री अर्यालद्वारा जोखिम बस्ती अनुगमन तथा अवलोकन

भाईटिकाको दिन मन्त्री अर्यालद्वारा जोखिम बस्ती अनुगमन तथा अवलोकन

  • PNN Times
  • सोमवार, मंसिर १ २०७७


  • भाईटिकाको दिन मन्त्री अर्यालद्वारा जोखिम बस्ती अनुगमन तथा अवलोकन

    मंसिर १, पैयूँ ।  भाइटिकाको दिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल पर्वतको पैयूँ पुगेर जोखिम बस्तीको अनुगमन तथा अवलोकन गर्नु भएको छ । मन्त्री अर्यालले पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक स्थित अत्यन्तै जोखिमा रहेको आरुगैह्रा दलित बस्तिको अवलोकन गर्न गर्नु भएको हो । 

    उक्त बस्ती अत्यन्तै जोखिमा रहेको र गत साउनमा पहिरो जादा २ घर समेत पुरिएको थियो । बस्ति स्थानान्तरण गरी सुरक्षित ठाउँमा घर बनाई दिन पैयूँ ५ का युवा  समुहले उहाँलाई बारम्बार आग्रह गरेका थिए । सोही कारण पैयूँ नै पुगेर बस्ती अवलोकन गरी सकेपछि बस्ती स्थानान्तरणको लागि सरकारले सहयोग गर्ने मन्त्री अर्यालले बताउनु भयो ।

    125211589_1340437089634012_6663529435541502799_n.jpg 

    images

    जोखिम बस्तीको अनुगमन गर्दै मन्त्री अर्याले भन्नु भयो एकिकृत बस्ती बनाउनको लागि सरकारले सहयोग गर्छ, तपाईहरुले काम अगाडी बढाउनुस । सबै प्रकृया पुरा गरेपछि केन्द्रबाट बजेट आउने उहाँले बताउनु भयो ।

    125803324_2469437666682358_5835422036016221299_n.jpg

    सोही अवसरमा मन्त्री अर्यालले पैयूँमा अस्पताल बनाउन र मालपोतको विषयमा समेत आफुले सहयोग गर्ने बताउनु भयो । 

    यता स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ हुल्काङमा पहिरोले बगाएको स्कुलको समेत मन्त्री अर्यालले अनुगमन गर्नु भएको हो । 

    सोमवार, मंसिर १ २०७७१०:३५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend