Logo

आइतवार, कार्तिक २ गते २०८३

images

रामपुरमा संग्राहालय शुभारम्भ

रामपुरमा संग्राहालय शुभारम्भ

  • PNN Times
  • बिहिवार, पौष २५ २०८१


  • रामपुरमा संग्राहालय  शुभारम्भ

    पुस २५,पाल्पा ।
    पाल्पाको रामपुरमा सङ्ग्रालय शुभारम्भ गरिएको छ । रामपुर नगरपालिका–४, खोप्टारमा रहेको धर्मशालामा लक्ष्मीनारायण पार्टीमा संग्राहालय शुभारम्भ गरिएको हो । लक्ष्मीनारायण गुठीद्वारा सञ्चालित ऐतिहासिक पार्टी भवन धर्मशालामा स्थापना गरिएको संग्राहालयको बुधबार एक कार्यक्रमसहित गरिएको हो ।
    लक्ष्मी नारायण पार्टी संग्राहालय समितिले कुनै समय गाउँघरमा प्रचलनमा रहेका पुराना ऐतिहासिक वस्तु तथा विभिन्न जातजातिका भेषभूषा संग्रह गरी संग्राहालय शुभारम्भ गरेको छ । 
    संग्राहालयको समुद्घाटन गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले पुर्खाहरुले प्रयोग गरेको सामग्री, तत्कालीन समयको परिवेश र इतिहास बारे नयाँ पुस्तालाई जानकारी दिन संग्राहालयले सहयोग गर्ने बताउनुभयो । उप प्रमुख थापाले पार्टी भवन रामपुरको इतिहास मात्र नभै पर्यटकीय गन्तव्य रहेको र नगरपालिका धर्मशालाको संरक्षण तथा संग्रहालयको व्यवस्थापनमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । स्थापना सँंगै निरन्तरता दिनु महत्वपूर्ण हुने भन्दै उहाँले नगरपालिकाले आवश्यक बजेटको व्यवस्था गर्नेसमेत जनाउनुभयो ।
    रामपुर ४ का वडा अध्यक्ष राम बहादुर रानाले संग्राहालयको संरक्षण र सम्वद्र्धन गर्नु सबैको दायित्व रहेको भन्दै वडाले पनि आवश्यक साथ र सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । संरक्षणका लागि वरपरका समुदायको अझ सक्रियताको खाँचो रहेको बताउनुभयो । 
    कार्यक्रमका अवसरमा सङ्ग्रहालय स्थापनाको लागि सहयोग गर्नुै विभिन्न संस्था तथा व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको थियो । 

    बिहिवार, पौष २५ २०८१०६:३९:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend