Logo

आइतवार, कार्तिक २ गते २०८३

images

रेडियो प्रजातन्त्रको सुन्दर फूल हो—गण्डकी प्रदेश अर्थ तथा विकास समिति सभापति अर्याल

रेडियो प्रजातन्त्रको सुन्दर फूल हो—गण्डकी प्रदेश अर्थ तथा विकास समिति सभापति अर्याल

  • गोपाल जिटी
  • शनिवार, पौष २७ २०८१


  • रेडियो प्रजातन्त्रको सुन्दर फूल हो—गण्डकी प्रदेश अर्थ तथा विकास समिति सभापति अर्याल

    पुस २७, वालिङ ।
    एफ एम रेडियो प्रजातन्त्रको सुन्दर फूल भएको गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले बताउनु भएको छ ।
    स्याङ्जाको वालिङमा सञ्चालित आँधीखोला एफ एमको १९ औं वार्षिक साधारणसभामा आज शनिबार सम्वोधन गर्दै गण्डकी प्रदेश अर्थ तथा विकास समिति सभापति अर्यालले नेपालमा प्रजातन्त्रको सुन्दर फूल भएको बताउनु भएको हो । तत्कालिन समयमा राज्यसत्ताका विरुद्ध बोल्न र लेख्न पाइदैनथ्यो, २०४८ को आन्दोलन पश्चात एफ एम रेडियोलगायतका सञ्चार माध्यमहरु खुल्ने अवसर प्राप्त भएको सभापति अर्यालले औंल्याउनुभयो । २०४८ देखि २०५१ सम्मको सरकारको नीति र कार्यक्रम अनुसार सञ्चार माध्यमहरु खुल्न सहज भएको उल्लेख गर्दै सभापति अर्यालले अहिले यसरी गाउँठाउँमा एफ एम रेडियो सञ्चालनमा आई जनताकाबीच सूचना तथा सञ्चारको पहुँच पुगेको व्यक्त गर्नुभयो ।
    पछिल्लो समयमा सामाजिक सञ्जाल तथा विभिन्न समाचारको माध्यममा देशमा केही भएन भन्ने भाष्यको विश्वास नगर्न सभापति अर्यालले आग्रह गर्नुभयो । २०४७ सम्म देशभर जम्मा २३ सय किलोमिटर मात्र पक्की सडक थियो । त्यस यता अहिलेसम्म करिव २८ हजार पक्की सडक बनेका छन् । यसैगरी शैक्षिक संस्था एवम् मेडिकल कलेजहरु धेरै संख्यामा खुलेका छन् भने कतिपय सञ्चालनको तयारीमा रहेका उहाँले औंल्याउनुभयो । त्यस्तैगरी विभिन्न क्षेत्रमा धेरै कामहरु भएको उहाँको भनाई छ । सोंचे जति काम नभएको होला तर राणा शासन र वंश परम्परामा देश चलाउँदै आएको राजा संस्थाको बहिर्गमन पश्चात देशमा आएको परिवर्तनलाई यथोचित मूल्याङ्न गरेर बुझ्न सभापति अर्यालले आग्रह गर्नुभयो ।
    साधारणसभा कार्यक्रमका अवसरमा रेडियोका विज्ञापन दाता, नियमित स्रोता तथा कर्मचारीहरुलाई सम्मानसमेत गरिएको थियो ।IMG_9335.JPGIMG_9415.JPGIMG_9411.JPGIMG_9339.JPG

    शनिवार, पौष २७ २०८१०६:३६:४२

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend