Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा सञ्चारको महत्व र सामाजिक सञ्जालको प्रभावकारिता विषयक अभिमुखीकरण

वालिङमा सञ्चारको महत्व र सामाजिक सञ्जालको प्रभावकारिता विषयक अभिमुखीकरण

  • गोपाल जिटी
  • आइतवार, पौष २८ २०८१


  • वालिङमा सञ्चारको महत्व र सामाजिक सञ्जालको प्रभावकारिता विषयक अभिमुखीकरण

    पुस २८, वालिङ ।
    स्याङ्जाको वालिङमा सञ्चारको महत्व र सामाजिक सञ्जालको प्रभावकारिता विषयक अभिमुखीकरण कार्यक्रम गरिएको छ । 
    नेकपा एमाले वालिङ नगर कमिटीको आयोजना र प्रेस चौतारी नेपाल स्याङ्जाको सहजिकरणमा भएको कार्यक्रममा नगर भित्रका एमाले अगुवा कार्यक्रताहरुको सहभागिता रहेको थियो ।IMG_9471.JPG
    कार्यक्रमको शुभारम्भ गर्दै नेकपा एमाले गण्डकी प्रदेश सचिव धनञ्जय दवाडीले एमालेका कार्यकर्ताहरु अध्ययनशिल हुनुपर्ने बताउनुभयो । अध्ययन गर्ने बानीले मात्रै सहि र गलत छुट्याउन सकिने उहाँको भनाई थियो । पछिल्लो समय सामाजिक सञ्जालको प्रभावमा परेको देखिएको उल्लेख गर्दै गण्डकी प्रदेश सचिव दवाडीले त्यस्ता कुरामा विश्वास गर्ने र तत्कालै आफ्नो विचार राख्नुभन्दा पहिले सहिर गलत पहिचान गर्न जरुरि रहेकोमा जोड दिनुभयो । 
    अहिले नेकपा एमाले प्रति भ्रम छरेर चौतर्फी रुपमा आक्रमण गर्ने प्रयास भइरहेकोले यसको सबै नेता एवं कार्यकर्ताहरुले प्रतिवाद गर्नुपर्नेसमेत उहाँले औंल्याउनुभयो । 
    सचिव दवाडीले भन्नुभयो, “धेरैपटक धेरै पटक सुनियो र हेरियो भने “झुट कुरालाई पनि साँचो हो कि जस्तो लाग्न सक्छ । यस्ता खाल्का कुराहरुलाई प्रतिवाद गरेर जनतालाई सहि सूचना दिनुपर्छ ।”
    कार्यक्रममा प्रेस चौतारी नेपाल कास्कीका पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्य दिपेन्द्र श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो । 
    अहिले बढ्दै गएको सञ्चार प्रविधिको युगमा यसको महत्व र प्रभावकारिताका बारे जानकारी लिनुका साथै सहि रुपमा सदुपयोग गर्नुपर्ने विषयमा सहभागीहरुलाई प्रशिक्षण दिइएको थियो ।
    सामाजिक सञ्जालमा आएका सबै कुराहरु सत्य हुन्छन भन्ने नरहेको र ती विषयवस्तुहरुलाई तथ्य जाँच गरेर मात्रै आफ्नो प्रतिक्रिया जनाउनु पर्नेमा प्रशिक्षक श्रेष्ठले जोड दिनुभयो ।IMG_9454.JPG

    आफ्ना कुराहरु सकारात्मक रुपले प्रस्तुत गर्दै पार्टी गतिविधिलाई चलायमान बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको वालिङ नगर कमिटीका अध्यक्ष शोभाकान्त पौडेलले बताउनुभयो । 
    पौडेलले भन्नुभयो,“हाम्रो पार्टीले गरेका कामका बारेमा सञ्चार माध्यम र विभिन्न सामाजिक सञ्जाल मार्फत आम नागरिकलाई जानकारी दिन अभिमुखिकरण कार्यक्रम गरेका हौ, यसले पार्टीका गितिविधिहरुलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।IMG_9482.JPGIMG_9474.JPG

    images

    आइतवार, पौष २८ २०८१०८:२४:२८

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend