Logo

आइतवार, कार्तिक २ गते २०८३

images

बिपन्न बालबालिकालाई शैक्षिक सामाग्री प्रदान  

बिपन्न बालबालिकालाई शैक्षिक सामाग्री प्रदान  

  • PNN Times
  • शनिवार, माघ १२ २०८१


  • बिपन्न बालबालिकालाई शैक्षिक सामाग्री प्रदान  

    माघ १२, वालिङ । 
    स्याङ्जामा बिपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । कम्युनिटी सपोर्ट ग्रुप, स्याङजा शाखामा आवद्ध १७ जना विपन्न बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । दीर्घनारायण स्मृति सामाजिक विकास संस्था वालिङ नगरपालिका–१० ले ग्रुपको सम्पर्कमा रहेका बिपन्न बालबालिकाहरुलाई ४० हजार आठ सय बराबरको शैक्षिक सामग्री, पोशाक तथा नगद वितरण गरिएको हो । प्रति बालबालिका रु दुई हजार चार सय बराबरको सामाग्री र नगद वितरण गरिएको संस्थाका अध्यक्ष सूर्यप्रसाद पौडेलले बताउनु भयो । १७ जना बालबालिकालाई ४० हजार आठ सय बराबराको सामाग्री र नगद वितरण गरिएको उहाँको भनाई छ । 
    कार्यक्रममा जिल्ला अस्पताल स्याङजाकी एआरटि काउन्सिलर जावेदा खातुनले सहयोगी हातहरुका कारण ग्रुपको सम्पर्कमा रहेका बिपन्न बालबालिकाको पढाईलाई निरन्तरता दिन सहज भईरहेको बताउनु भयो । कम्युनिटी सपोर्ट ग्रुपमा आवद्ध र सम्पर्कमा रहेका बालबालिकालाई पढ्ने बातावरण बनाउन सबैले सहयोग गर्नुपर्नेमा उहाँको जोड छ ।  
    कम्युनिटी सपोर्ट ग्रुप स्याङजाकी कार्यक्रम अधिकृत मेनुका सेनले सहयोगको लागि दीर्घनारायण स्मृति सामाजिक विकास संस्थालाई धन्यवाद दिँदै निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नु भयो । 
    यसैगरी संस्थाका अध्यक्ष पौडेलले संस्थाको बारेमा जानकारी गराउनु भएको थियो । केही महिना अगाडिबाट आफ्नो सामाजिक कार्य सुरु गरेको संस्थामा देश तथा विदेशमा रहेका ५० भन्दा धेरै सदस्य आवद्ध रहेका छन् । संस्थाले निरन्तर सामाजिक कार्य गर्ने योजना बनाएको अध्यक्ष पौडेलले बताउनु भयो । 
    शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा संस्थाका संस्थापक सदस्य र आजीवन सदस्य, तथा कम्युनिटी सपोर्ट ग्रुपका सदस्यहरुको सहभागिता रहेको थियो ।

    शनिवार, माघ १२ २०८१०२:४१:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend