माघ २१, वालिङ ।
स्याङ्जाको वालिङ १३ को खानीडाँडामा रहेको सरस्वती माध्यमिक विद्यालयमा सरस्वती मन्दिरको शिलान्यास गरिएको छ । विद्यालयले आज बसन्त पञ्चमीको अवसरमा मन्दिरको शिलान्यास गराएको हो ।
शिलान्याससहित कार्यक्रमको उद्घाटन गर्दै बरिस्ठ उधोगपति एवम् सामाजिक व्यक्तित्व डोलराज शर्मा पंगेनीले शैक्षिक क्षेत्रमा धार्मिक र नैतिक जग बसाल्नु पर्नेमा जोड दिनुभयो । जिल्लाकै प्रसिद्ध गह्रौसुर मन्दिरको संरक्षक एवम् गुरू योजनाकार समेत रहनु भएका पंगेनीले शिक्षा क्षेत्रलाई समय सापेक्ष परिवर्तन गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले विद्यालयको मन्दिर निर्माणको लागि यथोचित सहयोग गर्ने प्रतिवद्दतासहित अक्षयकोषका लागि एक लाख एकाउन्न हजार नगद प्रदान गर्नुभयो । यसैगरी विद्यार्थीको लागि एक लाख पचास हजार बराबरको खेलकुद सामाग्री र स्थानीय आमा समूहलाई एकाउन्न हजार नगद सहयोग उपलब्ध गराउनु भएको थियो ।
कार्यक्रममा विधालयको बर्तमान अवस्था र भावि योजनाको विषयमा विद्यालयका प्रधानाध्यापक याम बहादुर कुवरले र आय व्याय शिक्षक तुल्सीराम पाठकले प्रस्तुत भएको थियो । यसै अवसरमा चन्दादाताहरू संस्थापक घनश्याम पाठक, पूर्व शिक्षक उद्दप्रसाद पाठक, शिक्षक तुल्सीराम पाठक, पूर्व विद्यार्थी यामलाल पाठक लगायतलाई सम्मान गरिएको गरिएको थियो ।
कार्यक्रममा विधालयका पुर्व प्र अ चण्डीप्रसाद पाठक, पूर्व विधार्थी तथा जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे, धार्मिक व्यक्तित्व पण्डित नेत्र प्रसाद पराजुली, शिक्षक अभिभावक संघका सदस्य हेमन्त गैह्रेले ५० वर्ष पूरा गर्दै गरेको विद्यालय स्वर्ण महोत्सवको संघारमा आउदै गर्दा खुशी लागेको र आगामी चैत्रमा हुने स्वर्ण महोत्सव सभ्य र भब्य वनाउन सबै लाग्नु पर्नेमा जोड दिएका छन् ।