Logo

आइतवार, कार्तिक २ गते २०८३

images

फागुनमा सातौं स्याङ्जा महोत्सव हुने

फागुनमा सातौं स्याङ्जा महोत्सव हुने

  • गोपाल जिटी
  • सोमवार, माघ २१ २०८१


  • फागुनमा सातौं स्याङ्जा महोत्सव हुने

    माघ २१, वालिङ ।
    फागुनु ६ देखि १८ गतेसम्म सातौं स्याङ्जा महोत्सव हुनेभएको छ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले फागुनु ६ देखि १८ गतेसम्म पुतलीबजार १ स्थित मालेबगरमा सातौं स्याङ्जा महोत्सव—२०८१ को आयोजना गर्ने आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । 
    स्याङ्जा महोत्सवको आधार कृषि पर्यटन, नै आर्थिक समृद्धिको पूवाृधार भन्ने मूल नारासहित गण्डकी प्रदेश स्तरीय सांस्कृतिक, कृषि, पर्यटन, औद्योगिक व्यापार मेला एवम् सातौं संस्करणको महोत्सव—२०८१ को आयोजना गरिएको संघले जनाएको छ ।
    व्यवसायिक चेतना अभिवृद्धि गर्ने, विभिन्न स्थानीय वस्तु तथा सेवाहरुको बजार प्रवर्धन एवम् उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन, उत्पादक र उपभोक्ता बीचको सम्बन्ध विस्तार गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको छ । यसैगरी हस्तकला व्यवसायको खोजी तथा प्रवर्धन, कृषि क्षेत्र विशेषगरी सुन्तला, ताजा तरकारी, गोलभेडा, अदुवा, कफि आदिको प्रवर्धन गर्ने उद्देश्यमा राखिएको  आयोजकले जानकारी गराएको छ । बजार अनुसन्धान एवम् नयाँ वस्तु विकास गर्ने, लोक संस्कृतिको जगेर्ना गर्ने तथा सूचना प्रविधीकोको ज्ञान दिइने उद्देश्यमा समेटिएको छ । 
    महोत्सवमा परम्परागत रत्यौली, लोक भजन चुड्का, विद्यालय स्तरीय सामुहिक नृत्य, पञ्चेबाजा एवम् मम्मी डान्सलगायतका प्रतियोगिताहरु सञ्चालन गरिनेछ । साथमा राष्ट्रियस्तरका चर्चित कलाकारहरुको दैनिक प्रस्तुति रहने छ । अन्तिम तयारीको काम भैरहेकोसमेत महोत्सव मूल आयोजक समितिका संयोजक एवम् संघका अध्यक्ष महादेव श्रेष्ठले बताउनुभयो ।
    महोत्सवबाट कूल १ करोड १ लाख अनुमानित आय रहेको छ भने ९५ लाख २० हजार खर्च हुँदा जम्मा ५ लाख ८० हजार बचत गर्ने जनाइएको छ । कूल आम्दानीको ५ प्रतिशत सामाजिक उत्तरदायित्व वहन अन्तर्गत खर्च गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।IMG_1001.JPG

    सोमवार, माघ २१ २०८१०७:४०:१३

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend