Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पुस्तक विमोचन एवम् बृहत् काव्य गोष्ठी

पुस्तक विमोचन एवम् बृहत् काव्य गोष्ठी

  • गोपाल जिटी
  • मंगलवार, माघ २२ २०८१


  • पुस्तक विमोचन एवम् बृहत् काव्य गोष्ठी

    माघ २२, वालिङ ।
    स्याङ्जाको पाखीचौरमा पुस्तक विमोचन एवम् बृहत् काव्य गोष्ठी कार्यक्रम गरिएको छ । गल्याङ नगरपालिका ११ हुँगिघाट पाखिचौरस्थित निम्वार्क सत्सङ्गाश्रममा पुस्तक विमोचन एवम् ‘वासन्ती काव्य यामिनी’ बृहत् काव्य गोष्ठी कार्यक्रम सोमबार बसन्त पञ्चमीका दिन गरिएको हो । 
    कार्यक्रममा हरिमोहन उपाध्याय र जीवन प्रकाश उपाध्यायद्वारा लिखित नेपालमा निम्बार्क दर्शन र त्यसको परम्परा तथा डा.अच्युतशरण अर्यालको नेपाली बाल साहित्यका विधाको इतिहास गरी दुईवटा पुस्तक विमोचन गरिएका हुन् । कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णजीबाट पुस्तक विमोचन गराइएको हो ।
    काव्य गोष्ठी कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान, पुतलीबजार प्रज्ञा प्रतिष्ठान, वालिङ प्रज्ञा प्रतिष्ठान, गल्याङ प्रज्ञा प्रतिष्ठान र भेषजराज साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भएको हो । कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णजीबाट पुस्तक विमोचन गराइएको हो । यस अवसरमा प्रा. डा. शालिग्राम सुवेदी अभिनन्दित हुनुभएको छ । 
    यसैगरी भेषजराज साहित्य प्रतिष्ठानको नियमित रचनावाचन ८१ औँ शृङ्खला अन्तर्गत रचनावाचन गरिएको थियो । कार्यक्रममा सूर्यप्रसाद डुम्रे, शोभाकान्त अर्याल, खगेन्द्रप्रसाद रेग्मी, गोविन्दशरण रेग्मी, दीनदयालरेग्मी, श्यामप्रसाद ढुङ्गानालगायतले आआफ्ना रचनावाचन गरेका थिए ।

    मंगलवार, माघ २२ २०८१०७:४६:४४

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend