Logo

आइतवार, कार्तिक २ गते २०८३

images

रामपुरमा मन्दिरको शिलान्यास

रामपुरमा मन्दिरको शिलान्यास

  • PNN Times
  • मंगलवार, माघ २२ २०८१


  • रामपुरमा मन्दिरको शिलान्यास

    माघ २२, पाल्पा । 
    पाल्पाको रामपुरमा मन्दिरको शिलान्यास गरिएको छ । रामपुर .१० स्थित मगरेमा भिमादेवि कोटघर मन्दिरको शिलान्यास गरिएको हो
    मन्दिर शिलान्यास गर्दै रामपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाले धार्मिक सम्पदाको संरक्षण तथा प्रवद्र्धनका लागि नगरपालिकाले प्राथमिकता दिने बताउनुभयो । उहाँले धार्मिक सम्पदाको संरक्षणले धर्मको मात्र संरक्षण नभई यसले संस्कारयुक्त समाज निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । 
    धर्मले अनुशासन र नैतिकता सिकाउने भएकाले सुसंस्कृत समाज निर्माणका लागि धार्मिक महत्व बोकेका क्षेत्र र सम्पदाको संरक्षण गर्न आवश्यक रहेको नगर उपप्रमुख थापाले औंल्याउनुभयो । फरक प्रसंगमा उहाँले वडा नं.१० को मगरे गाउँ मगरबस्ती भएकोले यसलाई विभिन्न माध्यमबाट पर्यटकीय नमूना गाउँ बनाउनु पर्नेमा जोड दिनुभयो । परम्परागत विकृति विसंगति हटाई सुसंस्कृत गाउँको रुपमा विकास गर्न आवश्यक रहेको उहाँकोे भनाई छ । साथै यातायातको हिसाबले केही समस्या रहेकोले यो गाउँलाई सरल र सहज रुपमा सडक पहुँच सम्म जोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । थापाले मगरे गाउँको आवश्यकतालाई परिपूर्ति गर्न नगरपालिकाको स्रोत र साधनले भ्याए सम्म विकासका लागि कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ । 
    १० नम्वर वडा अध्यक्ष तोयानाथ सारु थापाले स्थानीय स्तरमा रहेका हरेक धार्मिक सम्पदा र संस्कृतिको संरक्षण गर्नु जनप्रतिनिधको जिम्मेवारी रहेको भन्दै वडाका धार्मिक महत्व बोकेका क्षेत्रको विकासका लागि प्रतिबद्ध भएर लागेको बताउनुभयो । उहाँले निर्माण पश्चात कोटघरको संरक्षण र निरन्तरताका लागि स्थानीयले सक्रियताका साथ भूमिका निर्वाह गर्नु पर्ने बताउनुभयो ।

    मंगलवार, माघ २२ २०८१०८:०४:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend