Logo

आइतवार, कार्तिक २ गते २०८३

images

महिलालाई उत्पादनमा जोड्न पाठापाठी वितरण  

महिलालाई उत्पादनमा जोड्न पाठापाठी वितरण  

  • PNN Times
  • बुधवार, माघ २३ २०८१


  • महिलालाई उत्पादनमा जोड्न पाठापाठी वितरण  


    वालिङ माघ २३ वालिङ । 
    स्याङ्जाको वालिङमा बाख्राका पाठापाठी वितरण गरिएको छ ।
    नगरपालिका–२ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी वितरण गरिएको हो । स्थानीय तिलडाँडा स्वावलम्वी महिला समूहका सदस्यहरुलाई बीउ पाठी तथा बीउ बोका वितरण गरिएको छ । 
    आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत “भोकालाई एक छाक भोजन होईन , जिउने जुक्ति सिकाऔँ” भन्ने मूल नाराकासाथ वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको वालिङ कृषि विकास परियोजना अन्तरगत बीउका रुपमा पाठापाठी वितरण गरिएको हो । 
    पाठापाठी वितरण कार्यक्रममा वडा नं.२ का वडा अध्यक्ष पोतप्रसाद लम्सालले महिलाहरुलाई उत्पादनमा जोड्न बाख्रा वितरण गरिएको बताउनु भयो । साना किसानलाई उत्पादनमा जोड्न सके मात्रै आर्थिक रुपमा सवल हुने उहाँको भनाई छ । यसमा पनि महिलाहरुलाई आर्थिक रुपमा सवल हुन टेवा पुग्ने वडा अध्यक्ष लम्सालले उल्लेख गर्नुभया । उहाँले भन्नुभयो,“हेफर तथा दियालो संस्थाको सहकार्यमा वडाका किसानलाई अगाडि बढाउन काम गरिरहेका छौं ।” ग्रामीण क्षेत्रको विकासका लागि महिलाहरु उत्पादनमा जोडिन जरुरी रहेको अध्यक्ष लम्सालले व्यक्त गर्नुभयो । 
    कार्यक्रम अन्तरगत तिलडाँडा महिला स्वावलम्वी  समूहका २४ जना सदस्यहरुलाई पाठापाठी वितरण गरिएको परियोजना संयोजक राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो । समूहका सबै सदस्यहरु दलित महिला मात्र आबद्ध रहेको समूहकी अध्यक्ष उमाकुमारी दमैले जानकारी दिनुभयो । सानो सहयोगले महिलाहरुमा उत्साह जागेको उहाँको भनाई छ । 

    बुधवार, माघ २३ २०८१०७:४५:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend