मंसिर ५, स्याङजा । भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मुलुकलाई समृद्ध बनाउने जिम्मा कम्युनिस्ट सरकारको रहेको बताउनु भएको छ ।
स्याङजाको कालिगण्डकी गाउँपालिका वडा नम्बर २ मा सृजनशील बहुउद्देशीय क्लबको भवन तथा मन्दिरको शिलान्यास कार्यक्रममा मन्त्री अर्यालले कमुनिष्ट सरकार नै देशलाई समृद्धी बनाउने सरकार रहेको बताउनु भएको हो ।
देशलाई समृद्ध गराउने जिम्मा प्रधानमन्त्री केपी ओलि सरकारको नेतृत्वको हो मन्त्री अर्यालले भन्नु भयो त्यसैले हामीले कुनै पनि विकास निर्माणका काम अरु कसैले गरिसियोस भनेर रोकिदैनौ । काम गर्दै जादा ढिलो चाडो होला तर यही सरकारको पालामा देश समृद्ध हुनेमा विश्वास गर्न अर्यालले उद्घोष गर्नु भयो ।
उहाँले स्याङजामा समेत विकासका कामहरु धेरै भईरहेको भन्दै कालिगण्डकी गाउँपालिकामा समेत थुप्रै बजेट परेको बताउनु भयो ।
कालिगण्डकी गाउँ पालिकामा ड्राईगन फुडको लागि समेत केन्द्रबाट ४० लाख रुपैया बजेट छुट्याएको भन्दै उहाँले क्लबको भवन समेत छिटै सम्पन्न गराउन सहयोग गर्ने बताउनु भयो ।