फोटो फाइल
माघ २८, वालिङ ।
स्याङ्जाको वालिङमा गएराती भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
आइतबार राती ८ः२० मा वालिङ ८ स्थित डुम्रिबोटमा मोटरसाइकल दुर्घटनाहुँदा मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
वालिङको मुख्य चोक मोडबाट भकुण्डेतर्फ जाँदै गरेको ग १ ख ९४७२ नम्वरको ट्रककोबचिमा पस्न गई दुर्घटना भएको थियो । प्रहरीका अनुसार सोही दिशाबाट गएको लु. ६९ प ६०६७ नम्वरको मोटरसाइकलले ट्रकलाई ओभरट्याक गर्ने क्रममा दुर्घटना भएको थियो । मोटरसाइकलको पछाडि सवार १६ वर्षीय सुशिल गुरुङ घाइते भएका र वालिङ प्राथमिक अस्पतालमा लगी उपचार गर्ने क्रममा डाक्टरले ९ बजेको समयमा मृत घोषणा गरेको थियो । बिरुवा गाउँपालिका वडा नम्वर ७ का गुरुङ हाल वालिङ नगरपालिका वडा नं. –०९ क्याम्पसरोड बस्दै आएका थिए ।
ट्रक चालक र मोटरसाईकल चालक प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।