Logo

आइतवार, कार्तिक २ गते २०८३

images

सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्बाट पास हुन्छ ः सञ्चारमन्त्री गुरुङ

सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्बाट पास हुन्छ ः सञ्चारमन्त्री गुरुङ

  • PNN Times
  • सोमवार, माघ २८ २०८१


  • सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्बाट पास हुन्छ ः सञ्चारमन्त्री गुरुङ

    २८ माघ, काठमाडौं । 
    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्बाट पास हुने बताउनु भएको छ ।

    संसद् भवन परिसरमा सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले नियन्त्रण र बन्द गर्न नभइ नियमन गर्न ल्याइएको बताउनुभयो ।
    ‘सामाजिक सञ्जालसम्बन्धी विधेयकमा बन्द गर्ने कुरा गरिएको छैन । नियमन गर्नेकुरा गरिएको छ । नियमन गर्न विधेयक ल्याएको हो । बन्द गर्न, नियन्त्रण गर्न ल्याइएको होइन । संसद्बाट पास हुन्छ,’ उहाँले भन्नुभयो ।

    विधेयक संसद्बाट पारित हुने भएकाले निर्णय संसद्ले नै गर्ने उहाँले प्रष्ट पार्नुभयो ।

    सोमवार, माघ २८ २०८१०५:४९:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend