Logo

शनिवार, कार्तिक १ गते २०८३

images

महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव  : अध्यक्ष गैह्रे

महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव  : अध्यक्ष गैह्रे

  • PNN Times
  • सोमवार, मंसिर ८ २०७७


  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव  : अध्यक्ष गैह्रे

    वालिङ । दियालो संस्थाका अध्यक्ष कविता गैह्रेले महिलाहरुको सक्रियताले मात्रै छिटो र दीगो आर्थिक प्रगती सम्भव रहेको बताउनु भएको छ । वालिङ नगरपालिका वडा नम्वर १३ उदियाचौरमा तरकारीको नर्सरी अनुगमन पछि आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष गैह्रेले महिलाहरुको सक्रियता बिना छिटो प्रगती असम्भव भएको बताउनु भएको हो ।
    वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत स्थानीय सिर्जनशील कृषक समुहको सक्रियतामा नर्सरीको स्थापना गरिएको हो ।

    samagree_udiyachaur.jpg

    images

    कार्यक्रममा स्थानीय समाजसेवी चण्डी प्रसाद पाठक, दियालो संस्थाका सचिव सीता गैह्रे गौडेल,कोषाध्यक्ष सीता डुम्रे, दियालो युएनडिपीका कार्यक्रम प्रमख राधाकृष्ण डुम्रे, शिक्षक उद्धव प्रसाद पाठक,कमला पाण्डे पाठक लगायतले बोलेका थिए । 
    कार्यक्रममा दियालो संस्थाका तर्फबाट सिर्जनशिल महिला समुहका सदस्यहरुका लागि डस्टविन,कुचो लगायतका सामाग्री समेत हस्तान्तरण गरिएको दियालो संस्थाका सहसचिव सीता गैह्रेले जानकारी दिनुभयो । 

    anugaman_waling_13.jpg

    सोमवार, मंसिर ८ २०७७१०:४३:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend