Logo

आइतवार, कार्तिक २ गते २०८३

images

आज र भोलि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

आज र भोलि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • PNN Times
  • बिहिवार, फाल्गुण १५ २०८१


  • आज र भोलि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

    फागुन–१५, काठमाडौ । 
    हिउँदे अवधि सकिने अन्तिम दुई दिन आज र भोलि पश्चिमी वायु सक्रिय हुने भएको छ । देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना छ । मधेश प्रदेशबाहेकका अरु ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
    मङ्सिर १६ देखि फागुन १६ गतेसम्मको अवधिलाई हिउँदयाम भनिन्छ । यस अवधिमा सरदर ६० मिलिमिटर वर्षा हुने गरेकोमा यसपटक झण्डै १० मिलिमिटर मात्रै वर्षा भएको छ ।
    हिउँदे वर्षा नहुँदा सुक्खा बढेको छ । यसले वायुमण्डलमा धुवाँ, धुलो थुप्रिँदा वायु अस्वस्थकर हुने लगायत समस्या देखिएको छ । आज र भोलिको वर्षाले प्रदूषण हटाउन सहयोग पुग्ने मौसमविद्ले बताएका छन् ।

    बिहिवार, फाल्गुण १५ २०८१०७:०९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend