Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा ४३ औँ मगर एकता दिवस विविध कार्यक्रम गरी मनाए 

वालिङमा ४३ औँ मगर एकता दिवस विविध कार्यक्रम गरी मनाए 

  • कला राना
  • बिहिवार, फाल्गुण १५ २०८१


  • वालिङमा ४३ औँ मगर एकता दिवस विविध कार्यक्रम गरी मनाए 

    फागुन १५, वालिङ ।
    ४३ औँ मगर एकता दिवस (फागुन १५) आज विविध कार्यक्रम गरी मनाईएको छ । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा पहिलो पटक स्थापना भएको दिनलाई मगर समुदायले स्थापना दिवसको रुपमा मनाउँदै आएका छन् । दिवसका अवसरमा स्याङ्जाका विभिन्न पालिका तथा वडाहरुमा रहेका मगर संघहरुले विविध कार्यक्रम गरी मनाएको हुन् । 
    यसैबीच नेपाल मगर संघ वालिङले मगर समाज भवन परिसर वालिङ खेलमैदानमा भव्यताका साथ दिवस मनाएको छ । मगर भेषभुषा, झाँकीको प्रदर्शनी, विभिन्न खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सहित दिवस मनाएका हुन् ।
    वालिङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सांसद निर्मला थापाले मगर समुदाय आफ्नो हकहित र अधिकारका लागि संगठित भएको दिन मगर संघ स्थापना दिवस मनाउँदै आएको बताउनुभयो । गण्डकी प्रदेश सांसद थापाले गण्डकी प्रदेश सरकारले मगर भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्नका लागि विभिन्न चरणको तयारी गरिरहेको बताउनुभयो ।
    देशको विभिन्न ऐतिहासिक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान गरेको भन्दै प्रथम शहिद लखन थापाको बलिदानीको चर्चा गर्नुभयो । देश अहिले संघीय प्रणालीमा गैसकेपछि विभिन्न कानुन निर्माण गर्ने तथा नेतृत्वदायी तहमा समेत मगर समुदायका व्यक्तिहरु पुगिसकेका छन् । संविधानमासमेत मगर हकअधिकारको सुनिश्चित गरेको र ती हक अधिकारको प्राप्तीका लागि सबै एकजुट हुनुपर्ने उहाँको भनाई थियो ।
    कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय सदस्य खगिसरा थापाले मगर भेषभुषा, भाषा संस्कृतिको संरक्षण गर्दै मगर समाजलाई थप शसक्त बनाउनका लागि सबैको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । कार्यक्रममा नेपाल मगर संघ जिल्ला समन्वय समिति उपाध्यक्ष उमेश दर्लामी, नेपाल पत्रकार महासंघका सह–सचिव कला राना, नेपाल मगर संघ जिल्ला समन्वय समिति सदस्य सिता थापा, तमु सेवा समाज वालिङका सचिव जंगबहादुर गुरुङ, नेपाल मगर महिला संघ वालिङ नगर अध्यक्ष बेतमाया थापालगायतले शुभकामना व्यक्त गरेका थिए । 
    कार्यक्रममा नेपाल मगर संघलाई योगदान पु¥याउने तथा मगर समुदायबाट शिक्षा, स्वास्थ्य, समाजिक क्षेत्र, सञ्चार क्षेत्रमा सक्रीय कार्य गर्दै आएका सुबेधार धनबहादुर डाला, कला राना, सोमु राना, सीता थापा, देवी थापा, गिरिप्रसाद दर्लामी, चन्द्रबहादुर श्रीष, मनबहादुर राना, समीक्षा सारु, माया दर्लामी, प्रतीक्षा थापालाई सम्मानपत्रले सम्मान गरिएको थियो । 481000743_1393401708763750_6372792048199083105_n.jpg

    बिहिवार, फाल्गुण १५ २०८१०६:४०:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend