Logo

आइतवार, कार्तिक २ गते २०८३

images

कृषक र साना बचतकर्ताको हित हुने ऐन आउँछ–सभापति थापा

कृषक र साना बचतकर्ताको हित हुने ऐन आउँछ–सभापति थापा

  • PNN Times
  • शुक्रवार, फाल्गुण १६ २०८१


  • कृषक र साना बचतकर्ताको हित हुने ऐन आउँछ–सभापति थापा

    फागुन १६ पाल्पा ।
    नेपाल सरकारका कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिका सभापति कुसुम देवि थापाले कृषक र साना बचतकर्ताको हित हुने ऐन आउने बताउनुभएको छ । बुधबार रामपुर नगरपालिकाद्वारा आयोजित स्वागत तथा सम्मानसहितको अन्तरक्रिया कार्यक्रममा सम्वोधन गर्दै सभापति थापाले कृषि र सहकारी क्षेत्रको समस्या समाधान गरी कृषक र साना बचतकर्ताको हित हुने ऐन तथा नीति ल्याउने बताउनु भएको हो । 
    उहाँले जबसम्म कृषक र साना बचतकर्ताको समृद्धि हुँदैन, तबसम्म देशको समृद्धि सम्भव नभएको उल्लेख गर्नुभयो । सभापति थापाले सहकारी संस्थाहरु सहकारीको मर्म अनुसार चल्न नसकेको भन्दै सहकारीहरुमा व्याप्त समस्याको समाधान गर्ने नीति छिट्टै ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले समग्र कृषकको हितका लागि नयाँ कृषि नीति र ऐन ल्याउने तयारी भई रहेकोसमेत जानकारी गराउनुभयो । कृषि क्षेत्रका लागि आफू चिन्तित रहेको उल्लेख गर्दै खाद्यान्नमा आत्मनिर्भर बनाई निर्यात गर्नसक्ने नीति ल्याउन सके मात्र कृषकको हित हुने उहाँको भनाई छ । उहाँले कृषकहरुलाई परम्परागत कृषि खेति भन्दा बैकल्पिक र व्यवसायीक खेतिलाई बढावा दिन आग्रह समेत गर्नुभयो । सभापति थापाले आवासक्षेत्र निर्माण गर्दा यसको कृषि उर्वर भूमिलाई मास्न नहुने बताउनुभयो । उहाँले उर्वर भूमि रामपुरलाई सिंचाई र कृषिको माध्यमबाट अझ हराभरा बनाउनु पर्नेमा जोड दिनुभयो ।  
    कार्यक्रममा रामपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाले कृषकको हितका लागि नगरपालिका प्रतबद्ध भएर लागेको बताउनुभयो । स्थानीय सरकारको सीमित स्रोत र साधनले प्रदान गरेको अनुदान कृषकका लागि पर्याप्त नभएको उहाँले उल्लेख गर्नुभयो । उहाँले नेपाल सरकारले तोकेर पठाएका ससर्त अनुदानका कार्यक्रमलाई परिमार्जन गर्न आवश्यक रहेको धारणा राख्नुभयो । उपप्रमुख थापाले स्थानीय कृषकको समस्या र आवश्यकतालाई मध्यनजर गरेर कृषि सम्बन्धी कार्यक्रम सञ्चालन गर्न सकेमात्र प्रभावकारी हुने व्यक्त गर्नुभयो । उहाँले संघीय सरकारले प्रदान गर्ने अनुदानलगायत विभिन्न कार्यक्रमका बजेट स्थानीय तहमा स्वायत्त रुपमा सञ्चालन गर्ने नीति बनाउन सुझाउनुभयो । साथै उपप्रमुख थापाले रामपुरमा कृषि उपज संकलन केन्द्र आवश्यक रहेकाले यसका लागि पहल गर्न समेत आग्रह गर्नुभयो ।IMG_4572.JPG

    शुक्रवार, फाल्गुण १६ २०८१०७:५७:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend