मंसिर ८, काठमाण्डौ । एभरेष्ट नेपाल ट्राभल्सले पैयूँको जोखिम बस्ती स्थानान्तरणकोलागि आर्थिक सहयोग प्रदान गरेको छ। एभरेष्ट नेपाल ट्राभल्स प्राईभेट लिमिटेड काठमाण्डौले प्रथम बार्षिक उत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्वतको पैयूँ गाउँपालिकामा रहेको जोखिम बस्ती स्थानान्तरणको लागि सहयोग प्रदान गरेको छ ।
ट्राभल्स ले सहयोग स्वरुप बस्ती स्थानान्तरणको लागि द निर्भीक फाउण्डेसनलाई पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
पर्वतको पैयुँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको अति जोखिमा रहेको कारण उक्त बस्ती स्थानान्तरण गरी सुरक्षित ठाउँमा राख्न सुरु गरिएको अभियानलाई ट्राभल्सले पाँच हजार रुपैयाँ सहयोग गरेका हो ।
ट्राभल्सका संचालक आनन्द न्यौपानले कोभिडका कारण भव्य कार्यक्रम गरेर वार्षिक उत्सव मनाउन नसके पनि दुखी गरिबको लागि सहयोग गरेर मनाउने उद्देश्यले आफुहरुले उक्त रकम सहयोग गरेको बताउनु भएको छ। एभरेष्ट नेपाल ट्राभल्स काठमाण्डौको बाग बजार मा रहेको छ ।
पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ४ घर भएका देवि प्रसाद न्यौपाने र याम कला न्यौपानेका २ छोराहरु आनन्द न्यौपाने र श्याम न्यौपाने ले सानै उमेर देखि व्यवासाय गर्दै आएका छन ।
ट्राभल्स संचालन गरेको केही समय पछि कोभिड १९ का कारण बन्द भएता पनि केही महिना देखि ट्राभल्स संचालनमा आएको छ ।
यहाँ बाट देश तथा विदेशमा जानको लागि सुलभमुल्यमा हवाई टिकट पाउन साथै राष्ट्रिय तथा अन्तरास्ट्रिय टुर प्याकेजिङ्ग को काम पनि गरिन्छ ।