Logo

आइतवार, कार्तिक २ गते २०८३

images

वालिङमा वित्तीय साक्षरता

वालिङमा वित्तीय साक्षरता

  • PNN Times
  • बुधवार, फाल्गुण २८ २०८१


  • वालिङमा वित्तीय साक्षरता

    फागुन २८, वालिङ ।
    स्याङ्जाको वालिङमा वित्तीय साक्षरता कार्यक्रम गरिएको छ । वालिङमा रहेको ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड मिर्दी शाखाले वित्तीय साक्षरता कार्यक्रम गरेको हो । संस्थाले आफ्ना सेवाग्राहीहरुका लागि कायक्रम मार्फत वित्तीय साक्षरता प्रदान गरेको छ । 
    वालिङ नगरपालिका ६ मिर्दीमा गरिएको साक्षरता कार्यक्रममा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड प्रदेश प्रमुख विनोद पराजुलीले सहजीकरण गर्नुभएको थियो । आम्दानीलाई कसरी वचतमा परिणत गर्ने, दैनिक वचत कसरी गर्ने, फजुल खर्च कसरी कटौती गर्ने, बचतलाई कसरी दिगो बनाउने, बचतले कसरी जीवनलाई सहज बनाउँछलगायतका विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । 
    कास्कीको पोखरामा प्रधान कार्यालय रहेको संस्थाको देशभरी १ सय २२ शाखा रहेका छन् । कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो । IMG-20250312-WA0004.jpg

    बुधवार, फाल्गुण २८ २०८११०:३३:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend