Logo

आइतवार, कार्तिक २ गते २०८३

images

स्ववियु निर्वाचनमा  प्यानलै जित्ने दाउमा रहेको नेविसंघ असफल 

स्ववियु निर्वाचनमा  प्यानलै जित्ने दाउमा रहेको नेविसंघ असफल 

  • गोपाल जिटी
  • बुधवार, चैत्र ५ २०८१


  • स्ववियु निर्वाचनमा  प्यानलै जित्ने दाउमा रहेको नेविसंघ असफल 

    चैत ६, वालिङ ।
    स्याङ्जाको वालिङमा रहेको वालिङ बहुमुखी क्याम्पसमा हिजो मङ्गलबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन शान्तिपूर्वकरुपमा सम्पन्न भयो । अघिल्लो कार्यकालमा जस्तै प्यानलै जित्ने दाउमा रहेको नेविसंघलाई निर्वाचन परिणामले असफल गरायो । लामो समयपछि १२ औं निर्वाचनबाट प्यानलै नेतृत्व हत्याएको नेविसंघले पुनः दोहो¥याउने तयारीकासाथ लागेको थियो । अत्यन्त कमजोर ठानिएको अनेरास्ववियुलाई प्राप्त परिणामले दरिलोरुपमा रहेको देखाएको छ ।B.jpg
    निर्वाचनले सचिव जस्तो प्रभावकारी पदाधिकारी पद यस पटक अनेरास्ववियुले हत्याएको छ । अनेरास्ववियुकि बिना रेग्मीले नेविसंघकि ममता रेग्मीलाई २४ मतले पछि पार्दै सचिवमा निर्वाचित भएकि छन् । नेविसंघकि ममताले ३ सय ४२ मत प्राप्त गर्दा बिनाले ३ सय ६६ मतसहित निर्वाचित भएकि हुन् । अध्यक्षसहित अरु पदमा भने नेविसंघ पक्षले जीतेको छ ।
    अध्यक्ष पदका उम्मेदवार निराज श्रेष्ठले ३ सय ७७ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्दी विष्णु पंगेनीले ३ सय ४२ मत पाएका छन् ।
    यसैगरी कोषाध्यक्षमा नेविसंघका विवेक कुँवर विजयी भएका छन् । कुँवरले ४ सय ६ मत ल्याउँदा उनका प्रतिस्पर्धी भुमबहादुर रानाले २ सय ९२ मत ल्याएका छन् ।
    यस्तै सदस्यहरुमा याम प्रसाद पंगेनी ४ सय २४, प्रवेश पौड्याल ४ सय २२,  पूजा कोइराला ४ सय ३, पवित्रा विक ३ सय ९८, नम्रता पौडेल ३ सय ९५ र दीपा कुमारी आलेले ३ सय ९३ मत ल्याएर विजयी भएका छन् । विजयी सबै श्रेष्ठ प्यानलका हुन् । 
    यस्तै अनेरास्ववियुका तर्फका उम्मेदवारहरु सफल लुइँटेल ३ सय १८, सुरक्षा खत्री ३ सय ४, कविता राना ३ सय ३, भीमप्रसाद डुम्रे २ सय ९९, अमन परियार २ सय ८१ र स्नेहा एस केले २ सय ७८ मत ल्याएका छन् । 
    प्रत्येक्ष निर्वाचित पदाधिकारी एवम् सदस्यहरुको साथै समानुपातिकबाट अरु ६ जना नयाँ कमिटीमा आउने छन् । समानुपातिकबाट उपाध्यक्ष १ र सहायक सचिव १ जना मनोनित गरिने छ ।

    बुधवार, चैत्र ५ २०८१११:५८:११

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend