Logo

शनिवार, कार्तिक १ गते २०८३

images

राङभाङमा नवनिर्मित स्वास्थ्य चौकी समुद्घाटन

राङभाङमा नवनिर्मित स्वास्थ्य चौकी समुद्घाटन

  • गोपाल जिटी
  • बिहिवार, चैत्र ६ २०८१


  • राङभाङमा नवनिर्मित स्वास्थ्य चौकी समुद्घाटन

    चैत्र ७, स्याङ्जा
    स्याङ्जाको राङभाङमा नवनिर्मित स्वास्थ्य चौकी भवन समुद्घाटन गरिएको छ । बिरुवा गाउँपालिका वडा नम्वर ३ को राङभाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको आज विहिबार एक कार्यक्रमसहित समुद्घाटन गरिएको हो ।20250320_153649.jpg
    नवनिर्मित स्वास्थ्य चौकीको भवन समुद्घाटन गर्दै बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले सबै वडामा रहेका स्वास्थ्य चौकीहरुबाट ल्यावसहितको सेवा दिनुपर्छ भनेर गाउँपालिकाले निर्णय गरेर आज निःशुल्क सेवा उपलव्ध गराउँदै आएको बताउनुभयो ।
    अस्पतालसमा जस्तो सबै सुविधा नभए पनि स्वास्थ्य चौकीले ल्यावसहित आफ्नो मापदण्ड अनुसारका सेवा प्रदान गर्ने विश्वास अध्यक्ष कुँवरले व्यक्त गर्नुभयो । राङभाङ स्वास्थ्य चौकीबाट आसपासमा रहेका तथा पायक पर्ने र छिमेकी पुतलीबजार नगरपालिकाका वडामा रहनुहुनेहरुलेसमेत सेवा लिन सक्नुहुने छ, उहाँले भन्नुभयो अस्पतालमा जस्तो सबै सेवा उपलव्ध नहुन सक्ला तर स्वास्थ्य चौकीबाट उपलव्ध सेवा दिनबाट चुक्ने छैनौं भन्ने विश्वास दिलाउन चाहन्छु ।
     । 
    यसका साथै गाउँँपालिकाले अस्पताल सञ्चालनमा लागेकोसमेत उहाँले जानकारी गराउनुभयो । ६ नम्वर वडाको चिन्नेबासमा आगामी वर्षदेखि सञ्चालनमा आउनेगरी अस्पतालको काम अगाडि बढिरहेको उहाँले उल्लेख गर्नुभयो । 
    स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्नसँगै यो वडाको कार्यालय भवन बनाउने काम पनि अगाडि बढिसकेको अध्यक्ष कुँवरले जानकारी गराउनुभयो । त्यसका लागि ठेक्का आव्हान गरी ठेकेदारले काम सुरु गरिसकेको छ र आगामी वर्ष सम्पन्न गरिने उहाँको भनाई छ ।
    गाउँपालिकाका आगामी कार्यक्रमको थप जानकारी गराउने क्रममा अध्यक्ष कुँवरले आउने नयाँवर्षसँगै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुने बताउनुभयो । उहाँले भन्नुभयो,“यो नयाँवर्षमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुनुपर्छ भनेर अगाडि बढाइरहेका छौं । यसका लागि नेपाल सरकारको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्झौता गरिसकेका छौं । त्यो कार्यक्रमका लागि दुई तीनवटा अभिमुखी कार्यक्रमहरुमा सहभागी भैसकेका छौं । एकदमै जटिल छ तर कुनैपनि हालतमा सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुनुपर्छ भनेर अगाडि बढेका छौं । यही १० गते पालिकास्तरीय अभिमुखी कार्यक्रम सञ्चालन गर्दै छौं । नयाँवर्षबाट यो कार्यक्रमलाई अगाडि बढाउने जानकारी गराउन चाहन्छु ।”
    यसैगरी सडक यातायात तथा पुर्वाधार विकाससँगै गुणस्तरीय शिक्षा, कृषि एवम् पर्यटन विकासका क्षेत्रमा गाउँपालिका लागिपरेको अध्यक्ष कुँवरले औंल्याउनुभयो  ।
    IMG_5039.JPG
    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले सुविधा सम्पन्न भवनबाट ३ नम्वर वडाबासी र पायक पर्ने सबैले सहजरुपमा स्वास्थ्य सेवा प्राप्त गर्नसक्ने बताउनुभयो । यसैगरी ठेकेदार कम्पनीले निर्धारित समय अगावै सम्पन्न गरी हस्तान्तरण गरेकोमा धन्यवादसहित आभार व्यक्त गर्नुभयो । जग्गा उपलव्ध गराउनुहुने र जग्गा उपलव्ध गराउन सहयोग गर्नुहुनेहरुप्रति विशेष आभारी रहेको उहाँले बताउनुभयो ।
    कार्यक्रममा प्रशासकीय अधिकृत पिताम्वर पोख्रेलबाट स्वास्थ्य चौकी भवन निर्माण सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
    प्रशासकीय अधिकृत पोख्रेलका अनुसार भवन निर्माणका लागि नेपाल सरकारको विशेष अनुदानमा राङभाङ स्वास्थ्य चौकी भवन निर्माण बिरुवा ३ शिर्षकमा आर्थिक वर्ष २०८०÷०८१ म ८० लाख र आर्थिक वर्ष २०८१÷०८२ मा १ करोड १० लाख गरी  कूल १ करोढ ९० लाख बजेट बिनियोजन भएको  थियो ।
    विनियोजित बजेट अनुसार भवन निर्माणका लागि १ करोड ९९ लाख ८३ हजार ३ सय १५ को लागत अनुमानमा ठेक्का आव्हान गरिएको हो । ठेक्का प्रकृया यस अनुसार २०८० फागुन ८ गते रु.१ करोड ३९ लाख १२ हजार ६ सय ८ मा लामागे विल्डर्स प्रालिले भवन निर्माणको जिम्मा लिएर गरेको हो । २०८१ माघ ३० मा सम्पन्न गर्न सम्झौता भएकोमा २०८१ पुस २१ मा सम्पन्न भएको हो ।
    स्वास्थ्य चौकी भवनका लागि ३ रोपनी ११ आना १ दाम क्षेत्रफल जग्गा व्यवस्थापन गरेर निर्माण कार्य सम्पन्न गरिएको हो । यसमध्ये स्थानीय दाताहरुबाट २ रोपनी १५ आना निःशुल्क प्राप्त भएको हो । दुई तल्ले नवनिर्मित भवन १६ कोठाको सुविधायुक्त रहेको छ । 
    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले सुविधा सम्पन्न भवनबाट ३ नम्वर वडाबासी र पायक पर्ने सबैले सहजरुपमा स्वास्थ्य सेवा प्राप्त गर्नसक्ने बताउनुभयो । यसैगरी ठेकेदार कम्पनीले निर्धारित समय अगावै सम्पन्न गरी हस्तान्तरण गरेकोमा धन्यवादसहित आभार व्यक्त गर्नुभयो । जग्गा उपलव्ध गराउनुहुने र जग्गा उपलव्ध गराउन सहयोग गर्नुहुनेहरुप्रति विशेष आभारी रहेको उहाँले बताउनुभयो ।
    नवनिर्मित भवन समुद्घाटन कार्यक्रम ३ नम्वर वडा अध्यक्ष मनुकुमारी रानाको अध्यक्षतामा भएको थियो ।

    बिहिवार, चैत्र ६ २०८१०५:२६:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend