Logo

आइतवार, कार्तिक २ गते २०८३

images

प्रेस चौतारी नेपालको दशौं महाधिवेशनबाट स्याङ्जाले नीति अनुसन्धान आयोगको सदस्य पायो

प्रेस चौतारी नेपालको दशौं महाधिवेशनबाट स्याङ्जाले नीति अनुसन्धान आयोगको सदस्य पायो

  • PNN Times
  • मंगलवार, चैत्र ११ २०८१


  • प्रेस चौतारी नेपालको दशौं महाधिवेशनबाट स्याङ्जाले नीति अनुसन्धान आयोगको सदस्य पायो

    चैत १२, वालिङ । 
    प्रेस चौतारी नेपालको दशौं महाधिवेशन हिजो सोमबार बिराटनगरमा सम्पन्न भएको छ । महाधिलेशनले गणेश पाण्डेको अध्यक्षतामा नयाँ केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेको छ । महाधिवेशनले पाण्डेको अध्यक्षतामा देशका सातवटै प्रदेश, जिल्ला र भूगोललगायत विभिन्न क्लष्टरमा गरी ९९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । विभिन्न क्लष्टरमध्येबाट स्याङ्जाले नीति अनुसन्धान आयोगको सदस्य पाएको छ । दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत चयन भएको नीति अनुसन्धान आयोगको सदस्यमा स्याङ्जाका मुक्ति न्यौपाने चयन भएका हुन् ।Mu.jpg
    दशौं महाधिवेशनले श्रेष्ठको अध्यक्षतामा उपाध्यक्ष र सचिव गरी तीन पदाधिकारीसहित ११ सदस्यीय नीति अनुसन्धान आयोग सर्वसम्मत चयन गरेको हो । 
    न्यौपाने विगत दुई दशकदेखि स्याङ्जाको वालिङमा रहेर पत्रकारिता गर्दै आएका छन् ।

    मंगलवार, चैत्र ११ २०८११२:४४:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend