Logo

आइतवार, कार्तिक २ गते २०८३

images

वालिङमा श्रृङ्गारिक महायज्ञ धार्मिक अनुष्ठान हुने

वालिङमा श्रृङ्गारिक महायज्ञ धार्मिक अनुष्ठान हुने

  • गोपाल जिटी
  • शुक्रवार, चैत्र १४ २०८१


  • वालिङमा श्रृङ्गारिक महायज्ञ धार्मिक अनुष्ठान हुने

    वालिङ, चैत १५
    स्याङ्जाको वालिङ श्रृङ्गारिक महायज्ञ धार्मिक अनुष्ठान हुने भएको छ । वालिङस्थित केदारनाथ शिवधाम निर्माणार्थ श्रीमद्भागवत् सप्ताह तण्डुलाचन श्रृङ्गारिक महायज्ञ धार्मिक अनुष्ठान—२०८२ सञ्चालन गरिने आज शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । महायज्ञ धार्मिक अनुष्ठान आगामी वैशाख १७ देखि २३ गतेसम्म वालिङस्थित खेलमैदानमा गरिने आयोजकले जानकारी गराएको छ । महायज्ञ मूल आयोजक समितिका संयोजक दिलिपप्रताप खाँणले महायज्ञको उद्देश्यसँगै कार्यक्रमको जानकारी गराउनुभएको थियो ।IMG_5170.JPG
    महायज्ञ मूल आयोजक समितिका संयोजक खाँणका अनुसार राजमार्ग विस्तारसँगै मन्दिर संरक्षण, धर्मशाला निर्माण, तीर्थयात्री निवास, संस्कृत भाषा अनुन्धान केन्द्र सञ्चालन (गुरुकूलम), क्रियापुत्री भवन निर्माण, अन्नक्षेत्र स्थापना एवम् आर्थिक सङ्कट मोचनलगायतका उद्देश्यले महायज्ञ आयोजना गरिने भएको हो । यसकासाथै समाजमा रहेको आपसी भाइचारा, धार्मिक ऐक्यवद्धता, सहिष्णुता तथा धार्मिक एकताले समाज, क्षेत्र र राष्ट्रमा आध्यात्मिक चेतनाको स्तर बढाई मानव कल्याण हेतु (दिव्यानन्द) प्रदान गर्ने लक्ष्य रहेको छ । राष्ट्रियतालाई मजवुत बनाउन आध्यात्मिक तत्वले मानव मानवबीचको सम्बन्ध गहन बनाई सकारात्मक सन्देश दिने पनि लक्ष्य रहेको छ । यस पूण्य कार्यका उद्देश्य परिपूर्तिका लागि व्यक्तिगत, संस्थागतरुपमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण धर्मानुरागी महानुभावहरुलाई तन, मन वचन र धन दानगरी सेवा पाउने पावन मौका नगुमाउनुहुन आग्रह गरिएको छ ।IMG_5165.JPG
    कार्यक्रममा सम्वोधन गर्दै वालिङ नगर प्रमुख कृष्ण खाँणले महायज्ञ आयोजना गर्नु आर्थिक सङ्कलन मात्र नभएर समग्र समाजको सेवा गर्ने माध्यम बनेको बताउनुभयो । यसकासाथै नैतिकताको र धर्मप्रतिको जुन खालको वितृष्णा छ त्यसलाई मेटाउन आवश्यक छ, जुन यो महायज्ञले त्यस्तो भूमिकासहित सन्देश दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयोर्, अहिले महायज्ञको मर्म र भाव बुझ्न नसक्दा वा सतहमा बग्ने र पैसा उठाउनका लागि मात्र भन्ने बुझ्ने अथवा यो या त्यो हिसावले लिएर शङ्काका बादलहरु मडारिइरहेका छन् । यो महायज्ञ वास्तवमै आध्यात्मिक र सामाजिक हिसाबले गरिएको रहेछ भन्ने सन्देश दिने छ, जुन यसको उद्देश्यमा समेटिएको छ ।’
    सामाजिक र धार्मिक भावनाले ओतप्रोत रहेको कार्यक्रमका लागि हार्दिक आभारसहित सम्मान व्यक्त गर्न चाहन्छु, उहाँले भन्नुभयो जुन उद्देश्यले महायज्ञको आयोजना गरिएको छ, सो अनुसार सफलताको शुभकामना व्यक्त गर्दछु ।
    यसैगरी नगर उप प्रमुख कविता तिवारी गैह्रेले नगरपालिका सहसंयोजक रहेको र यसका लागि गच्छे अनुसार सहयोग प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले केदारनाथ मन्दिर वालिङकै गहना भएको र यसको वृत्ति विकाससँगै धार्मिक एवम् सामाजिक विकाससँग पनि जोडिएको हुनाले सबैले सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो ।
    यस्तैगरी पण्डित नेत्र पराजुलीले काठमाडौको पशुपति, हरिद्वार तथा बनारसलगायतका धार्मिक क्षेत्रमा गरिने आरती यस यज्ञमा गरिने बताउनुभयो । उहाँले आध्यात्मिक एवम् धार्मिक प्रवचनमा सहभागी भई पूण्यलाभ लिनुहुन र सामाजिक सेवा जस्तो पवित्र कार्यमा सहकार्य गर्न आग्रह गर्नुभयो ।IMG_5177.JPGIMG_5158.JPG

    IMG_5173.JPG

    images

    शुक्रवार, चैत्र १४ २०८१११:३२:४२

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend