Logo

आइतवार, कार्तिक २ गते २०८३

images

जिल्लाकै महत्वपूर्ण गन्तव्य गह्रौंसुरको थप विकासमा नगरपालिका लागिपर्ने—नगरप्रमुख खाँण

जिल्लाकै महत्वपूर्ण गन्तव्य गह्रौंसुरको थप विकासमा नगरपालिका लागिपर्ने—नगरप्रमुख खाँण

  • गोपाल जिटी
  • शुक्रवार, चैत्र १४ २०८१


  • जिल्लाकै महत्वपूर्ण गन्तव्य गह्रौंसुरको थप विकासमा नगरपालिका लागिपर्ने—नगरप्रमुख खाँण

    वालिङ, चैत १५
    वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले स्याङ्जा जिल्लाकै मध्येभागमा रहेको गह्रौंसुरको थप विकासका लागि नगरपालिका लागिपर्ने बताउनु भएको छ । नगर प्रमुख खाँणले धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय हिसाबले अत्यन्त आकर्षक गन्तव्य रहेको गह्रौंसुर मन्दिरको थप विकासका लागि नगरपालिका सधैं साथमा रहेको बताउनु भएको हो । 
    आज शुक्रबार गह्रौंसुर मन्दिर व्यवस्थापन समितिको १३ औं अधिवेशनमा सम्वोधन गर्दै नगर प्रमुख खाँणले करिव ६ सय वर्ष पूरानो गह्रौंसुर कालिका मन्दिर धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय हिसाबले अत्यन्त महत्वपूर्ण गन्तव्य रहेको उल्लेख गर्नुभयो । यहाँको महत्व उजागर गर्दै अहिलेको अवस्थासम्म आउनुमा अग्रजहरुको विशेष योगदान रहेको नगर प्रमुख खाँणले औंल्याउनुभयो । 
    उहाँले भन्नुभयोर्, विक्रम सम्वत १५५२ सालमा प्राण प्रतिष्ठासहित स्थापना भएको गह्रौंसुर मन्दिरको स्थापना कालदेखिका मन्दिर व्यवस्थापन समितिहरु, सामाजिक र धार्मिक व्यक्तित्वहरुको विशेष योगदान रहेको छ । यस अगाडिका समितिले गरेका कार्य र योगदान सम्मानयोग्य छ । जसका कारण आज यो ठाउँले गह्रौंसुरको नयाँ पूर्वाधार विकाससँगै थप व्यवस्थापनले आकर्षक गन्तव्यकारुपमा विकास भएको छ ।’
    अघिल्लो समिति जति राम्रो काम गरेर यो स्थानमा ल्याएको छ, अब बन्ने समिति अझ चुस्त दुरुस्त बन्न आवश्यक रहेको नगर प्रमुख खाँणले बताउनुभयो । यसको थप व्यवस्थापनसँगै प्रचार प्रसार गर्न जरुरी रहेको उल्लेख गर्दै उहाँले नयाँ बन्ने समितिले व्यापक छलफल गरेर भोलिका योजनाहरु तय गरेर लाग्न आग्रह गर्नुभयो । गह्रौंसुरको विकास निर्माणका लागि नगरपालिकाले भूमिका खेल्दै आएको उल्लेख गर्दै नगर प्रमुख खाँणले, अबका दिनमा पनि अभिभावकीय भूमिका बहन गर्ने विश्वास व्यक्त गर्नुभयो । 
    यसैगरी नगर उप प्रमुख कविता तिवारी गैह्रेले गह्रौंसुर मन्दिरको उन्नयनका लागि नगरपालिका लागिपर्ने बताउनुभयो । उहाँले वालिङसँगै छिमेकी गल्याङ नगरपालिकासँग जोडिएको र चापाकोट नगरपालिकाकोसमेत पायक पर्ने भएकाले सबैसँग हातेमालो गरेर गह्रौंसुरको विकास निर्माणमा लाग्ने व्यक्त गर्नुभयो ।IMG_5198.JPGIMG_5195.JPG

    शुक्रवार, चैत्र १४ २०८१०५:३३:५३

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend