Logo

शनिवार, कार्तिक १ गते २०८३

images

लोकतान्त्रिक गणतन्त्र ख्याल ठट्टा होइनः पूर्व मुख्यमन्त्री अधिकारी

लोकतान्त्रिक गणतन्त्र ख्याल ठट्टा होइनः पूर्व मुख्यमन्त्री अधिकारी

  • गोपाल जिटी
  • सोमवार, चैत्र १७ २०८१


  • लोकतान्त्रिक गणतन्त्र ख्याल ठट्टा होइनः पूर्व मुख्यमन्त्री अधिकारी

    चैत १८, वालिङ ।
    नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका पूर्व मूख्यमन्त्री खगराज अधिकारीले लोकतान्त्रिक गणतन्त्र ख्याल ठट्टा नभएको बताउनुभएको छ । जनताको रगतको मसीले लेखेर ल्याएको लोकतान्त्रिक गणतन्त्र माथि ख्याल ठट्टा हुन नसक्ने पूर्व मुख्यमन्त्री अधिकारीले बताउनुभयो । 
    नेकपा एमाले जिल्ला कमिटी स्याङ्जाले  वालिङमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै नेता अधिकारीले गण्तन्त्रको पहरेदार बनेका जनता राजतन्त्रको समर्थक हुन नसक्ने दावी गर्नुभयो ।
    पूर्व राजा ज्ञानेन्द्र शाहलाई इंकित गर्दै स्याङ्जाको आलदेबीमा कूल पूजा गर्न आउनेले गोत्र विर्सेको व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “मिडिया हाउस र पत्रकारलाई आक्रमण गर्ने, गुहार माग्दा माग्दै जिउँदै जलाउनेहरुले एकछिन सत्ता चलाए भने के होला ?”
    पत्रकारलाई थुनेर आगो लगाई हत्या गर्ने, मिडियालाई आक्रमण गर्ने तथा आम सर्व साधारणलाई भ्रमित पार्ने काम राजतन्त्रवादीले गरेको भन्दै यस्तो कार्य एमालेलाई कदापि स्वीकार्य नहुँने बताउनुभयो । देशमा संकट मोचनका लागि एमाले कांगे्रसको गठबन्धनको सरकार बनेको भन्दै यो सरकार जनताको बलमा बनेको बताउनुभयो । गणतन्त्रका पार्टीहरुमा जनता मार्ने, जनतालाई ठग्ने प्रवृत्ति नभएको भन्दै नागरिक लुट्ने र पत्रकार मार्नेहरुलाई छुट नहुँनेमा जोड दिनुभयो । 
    शान्तिपूर्ण आन्दोलनको नाममा १५ गते शुक्रबार राजधानीमा भएको पत्रकार सुरेश रजकको हत्याको विषयलाई लिएर अधिकारीले भन्नुभयो नारायणहिटी दरबारमा बंश विनाश गरेर रगतको आहालमा टेकेर नक्कली राजा बनेकाहरुले पत्रकारको हत्या गरेको अधिकारीको आरोप छ ।
    राजा आउ देश बचाउ भन्नेहरु मुर्ख भएको उहाँको भनाई छ । नेता अधिकारीले आफ्नो दरबार र बंशको रक्षा गर्न नसक्नेले  देश र जनताको रक्षा गर्छन् भन्नेहरु मुर्ख हुन्, उनीप्रति धिक्कार छ, नेता अधिकारीले भन्नुभयो ।
    सत्तामा जानको लागि माओबादीले पनि विगत भुल्न नहुने उहाँको धारणा छ । हिजो माओबादीका नेतालाई छानी छानी मार्ने यही राजतन्त्र भएको उल्लेख गर्दै विगत स्मरण गर्न उहाँले आग्रह गर्नुभयो ।WhatsApp Image 2025-03-31 at 7.32.08 PM.jpeg

    सोमवार, चैत्र १७ २०८१०७:१८:१७

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend