Logo

शनिवार, कार्तिक १ गते २०८३

images

गायक एवम् मोडल भण्डारीको  ‘अटोवालादाई’  को छायाङ्कन अन्तिम चरणमा

गायक एवम् मोडल भण्डारीको  ‘अटोवालादाई’  को छायाङ्कन अन्तिम चरणमा

  • गोपाल जिटी
  • बिहिवार, चैत्र २७ २०८१


  • गायक एवम् मोडल भण्डारीको  ‘अटोवालादाई’  को छायाङ्कन अन्तिम चरणमा

    चैत २८, वालिङ ।
    चर्चित गायक एवम् मोडल राजेश भण्डारीको नयाँ लोकदोहारीगीत ‘अटोवाला दाई’ को छायाङ्कन अन्तिम चरणमा पुगेको छ ।
    आफ्नै गृह जिल्ला स्याङ्जाका विभिन्न स्थानमा छायाङ्कन गरिएको लोकदोहारीगीत अटोवाला दाईको छायाङ्कन अन्तिम चरणमा पुगेको गायक भण्डारीले बताएका छन्  ।FB_IMG_1744435744979.jpgबुधबार प्रशिद्ध धार्मिक एवम् पर्यटकीय स्थल गह्रौंसुर र वालिङ बजारको चोकमा अटोवाला दाईको छायाङ्कन गरिएको थियो । नयाँवर्षको शुभारम्भसँगै यही आउने वैशाखको पहिलो साता सार्वजनिक गरिने गायक भण्डारीले जानकारी गराएका छन् ।IMG_7368.JPGराष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाका सचिवसमेत रहेका भण्डारीका अनुसार अटोवाला दाईमा मायाँ प्रेमकासाथै समसामयिक विषयलाई समेटिएको छ । यो म्युजिक भिडियोमा बाल कलाकार रोहानी श्रेष्ठ र आयुशा खत्रीको नृत्यसमेत देख्न पाइने छ ।
     ‘कलेजीको छेउ’ को सफलतापछि भण्डारीको ‘अटोवाला दाई’ अर्को नयाँ कोशेली हो । त्यसो त गायक भण्डारीका पञ्चेबाजा, सालैजो, तीजका कोशेलीलगायत आधा दर्जन म्युजिक भिडियोहरु यस अघि सार्वजनिक भैसकेका छन् । अटोवाला दाईमा मुख्य अभिनय स्वयम् राजेश भण्डारी, भूमिका पङ्गेनी, जेरी भण्डारी र सलिना थापाको रहेको छ । यो म्युजिक भिडियोमा गायक भण्डारीको आफ्नै लय तथा शव्द सङ्कल रहेको छ भने स्वरमा साथ दिएका छन् हेमराज र शान्तारानी परियारले । म्युजिक भिडियोको कोरियोग्राफी जेरी भण्डारीको र रेकर्डिङ ‘वानडे एचडी’ स्टुडियोमा गरिएको हो ।IMG_7402.JPGIMG_7390.JPG

    बिहिवार, चैत्र २७ २०८१०९:२६:२३

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend