Logo

शनिवार, कार्तिक १ गते २०८३

images

देशका केही ठाउँमा आज पनि वर्षा

देशका केही ठाउँमा आज पनि वर्षा

  • PNN Times
  • शनिवार, चैत्र २९ २०८१


  • देशका केही ठाउँमा आज पनि वर्षा

    चैत–३०, काठमाडौ  ।
    देशका विभिन्न ठाउँमा अहिले पनि पानी परिरहेको छ । दाङ, अछाम, दैलेख, कालीकोटलगायतका ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका थोरै ठाउँहरुमा तथा बाँकी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
    देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँहरुमा हिमपातको समेत सम्भावना रहेको छ । यसबाट देशव्यापी रहीरहेको तुँवालो क्रमिक रुपमा कम हुने महाशाखाले जनाएको छ । 

    शनिवार, चैत्र २९ २०८१०७:२६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend