Logo

आइतवार, कार्तिक २ गते २०८३

images

स्याङ्जा थिंक ट्याङकद्वारा विभिन्न व्यक्तिहरुलाई सम्मान

स्याङ्जा थिंक ट्याङकद्वारा विभिन्न व्यक्तिहरुलाई सम्मान

  • PNN Times
  • सोमवार, बैशाख १ २०८२


  • स्याङ्जा थिंक ट्याङकद्वारा विभिन्न व्यक्तिहरुलाई सम्मान

    वैशाख १, वालिङ ।
    स्याङ्जा थिङ ट्याङ्कले विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरुलाई सम्मान गरेको छ । थिङ्क ट्याङ्कले आयोजना गरेको दोस्रो स्याङ्जा शिक्षा, सीप तथा उद्यमशीलता मेला २०८२ का अवसरमा विभिन्न विधाका व्यक्तिहरुलाई सम्मान गरेको हो । वालिङ ८ स्थित वाईसेन्टरको प्राङ्गणमा आयोजित मेलाको उद्घाटन वरिष्ठ साहित्यकार बयोवृद्ध देविप्रसाद वनबासीले गर्नुभएको हो । शिक्षा, सीप तथा उद्यमशीलता मेलाको पहिलो दिन शिक्षा, उद्यमशीलता, खेलकुद, परम्परा संरक्षणका क्षेत्रमा योगदान पु¥याएकाहरुलाई सम्मान गरिएको छ। 
    कार्यक्रममा माधवप्रसाद लम्साल, चन्द्रकला राना सितल, भरतराज ढकाल, कला गैह्रे, शान्ता थापा, राजु कार्की, माधवप्रसाद उपाध्याय, डा. दिनेशकुमार विक, प्रकाश तिवारी, चैतन्य कृष्ण, राजेन्द्र डुम्रे, नविनराज गैह्रे, ज्ञान पाण्डे, बोधराज अर्याल, अन्नतकुमार श्रेष्ठ, राजेन्द्रप्रसाद पाण्डे, दिलिप थापा, बाह्रबिसे बजार संरक्षण समिति गरी १६ जना र १ जना समितिका सदस्य गरी १७ जना सम्मानित भएका हुन् ।
    सम्मानित व्यक्तिहरुले आ–आफ्ना क्षेत्रमा गरेको संघर्ष र अनुभवहरु आदानप्रदान  गरिएको थियो । 
    कार्यक्रममा स्याङ्जा थिंक ट्याङ्का कार्यकारी अध्यक्ष दिनकर नेपालले पछिल्लो समय नेपालमा कुनै अवसर नै छैन् भन्ने गलत भ्रम फैलिरहेका बेला स्वदेशमै मेहेनत र संघर्ष गर्न सकियो भने स्वदेशमै पनि संभावना छ भनेर अगाडि बढेकाहरुलाई समाजले पनि चिन्न आवश्यक छ भन्ने हेतुले कर्मशील व्यक्तित्वहरुलाई सम्मान गरिएको जानकारी गराउनुभयो ।  
    कार्यक्रममा स्याङ्जा थिंक ट्याङ्का संस्थापक तथा सिईओ भोजन अर्यालले उद्यमशीलता र इकोसिष्टमका बारेमा प्रकाश पार्नुभएको थियो ।
    यसैगरी थिंक ट्याङ्का संस्थापक सदस्य विवेक बस्यालले संस्थाको स्थापना, यसका उद्देश्य र कार्ययोजनाका विषयमा प्रकाश पार्नुभएको थियो । IMG_7644 - Copy.JPGIMG_7647 - Copy.JPG

    सोमवार, बैशाख १ २०८२०६:०९:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend