Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्याङ्जा आँधिखोला खोलापारी बजार, मायाँतिरै नजर...

स्याङ्जा आँधिखोला खोलापारी बजार, मायाँतिरै नजर...

  • गोपाल जिटी
  • बुधवार, बैशाख ३ २०८२


  • स्याङ्जा आँधिखोला खोलापारी बजार, मायाँतिरै नजर...

    वैशाख—३, वालिङ ।
    आँधीखोलाको सभ्यता र संस्कृतिमा हुर्केकि लोक दोहोरी गायिका सुनिता नेपालीले नयाँ गीति कोशेली सार्वजनिक गरेकी छन् । उनले नयाँ वर्ष २०८२ को शुभारम्भसँगै नयाँ सिर्जना “मायाँतिरै नजर” नामक गीति कोशेली आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरेकी हुन् ।
    त्यसो त लोकदोहोरीगीतको क्षेत्रमा स्थापित भैसकेको नाम हो सुनिता नेपाली । स्याङ्जाको वालिङ ११ पेखुकि सुनिताले विगत डेढ दशकदेखि लोकदोहोरी गायिकाको परिचय बनाएकि छन् । उनी सरल र मर्यादित शब्द संयोजनसहितको गायकिमा ध्यान दिने मध्येमा पर्छिन् । 
    रोइला दोहोरीगीतका नाममा सुनिताले आफ्नो सिर्जना “मायाँतिरै नजर” सार्वजनिक गरेकि छन् । यस्तो गीतलाई हाम्रो समाजमा रोइला र खेली गरी दुईवटा नामले पुकारिन्छ । उनले आफ्नो जिल्ला र आँधीखोलालाई नै गीतको स्थायीमा समेटिकि छन् । मायाँप्रेमका कथा समेटिएको मायाँतिरै नजरले मनोरञ्जनसँगै साङ्गीतिक आनन्द प्रदान गर्ने देखिन्छ । गीतमा दुईजोडी बीचको दोहोरी हेर्न र सुन्न पाइन्छ । 
    पहिलो वा अघिल्लो भागमा स्वयम् सुनिता र श्याम रानाबीचको संयोगान्त दोहोरी छ । दुईजनाको देखाभेटमा युवा युवतीको वैंशालु सम्वादबाट सुरु भएर पिरतीको डोरी मिलीजुली बाट्ने र हाँस्दै जीवन काट्ने प्रतिवद्धतासहित टुङ्गिन्छ । नेपाली र राना बीचको दोहोरी करिव १२ मिनेटको छ । 
    यसैगरी लगत्तै मायाँ गुरुङ र रबि कार्कीलाई हेर्न पाइन्छ । अरु साथीहरुको घरबार हुने तर आँफूहरुको भने विविध कारणले बाँकी रहेको कथा बोलिएको छ ।
    सबको जोडी जोडी देख्दा मन हुन्छ बेग्लै, सुन्तलीको घरजम भयो आँफू सँधै एक्लै
    मनको धोको मनैमा.....
    हुनिभयो बरै वनको चरी वनैमा मनको धोको मनैमा......
    यसरी सुनिता र श्यामको जोडी मिल्दा, मायाँ र रबिको भने बेलामा बुद्धि नपु¥याउँदा मनको धोको मनैमा रहेको छ ।
    समग्रमा सुनिताको “मायाँतिरै नजर” को गायकी र नृत्यसहितको दृष्यले आँधीखोले मौलिकगीतको झल्को देखिन्छ ।Su.jpeg

    बुधवार, बैशाख ३ २०८२०८:४०:३८

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend