Logo

शनिवार, कार्तिक १ गते २०८३

images

महिलाहरुलाई कानुनी अधिकार सम्बन्धी सचेतना

महिलाहरुलाई कानुनी अधिकार सम्बन्धी सचेतना

  • PNN Times
  • मंगलवार, बैशाख १६ २०८२


  • महिलाहरुलाई कानुनी अधिकार सम्बन्धी सचेतना

    वैशाख १६ पाल्पा ।
    पाल्पाको रामपुरमा महिलाहरुलाई कानुनी अधिकार सम्बन्धी सचेतना तालिम प्रदान गरिएको छ ।
    रामपुर नगरपालिका न्यायीक समितिले दिदीबहिनीहरुलाई महिला कानुनी अधिकार सम्बन्धी सचेतना प्रदान गरेको हो । नगरपालिकाको वडा नं. ७ का महिला दिदिबहिनीहरुलाई कानुनी सचेतना प्रदान गरिएको हो । मङ्गलबार भएको कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले महिला माथि हुने हरेक हिंसालाई कानुनी उपचार मार्फत समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले व्यक्तिगत व्यवहार र आचरणका कारण घर परिवार र समाजमा हिंसा हुने र यसको न्यूनीकरणका लागि सबै सचेत हुनु पर्नेमा जोड दिनुभयो । उहाँले हिंसारहित समाज र नगर निर्माणका लागि सबै नगरबासी प्रतिबद्ध भएर लाग्न आग्रहसमेत गर्नु भयो । 
    यसैगरी नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले समाजमा व्याप्त हिंसाको न्यूनिकरणका लागि सचेत हुन आवश्यक रहेको बताउनुभयो । साथै उहाँले सहेर बस्दा हिंसालाई थप बढावा मिल्ने र यसलाईे तत्काल कानुनी दायरामा ल्याउनु पर्ने उल्लेख गर्नुभयो ।  
    कार्यक्रममा हिंसाको स्रोत, यसको पहिचान , हिंसा हुनुकोे कारण र असर, कानुनी उपचारको प्रक्रिया र प्रावधान, हिंसाबाट पिडितको उद्दारको व्यवस्था, सजाय सम्बन्धी व्यवस्थालगायतका विषयमा सहजिकरण गरिएको थियो । तालिमको सहजिकरण नगरपालिकाको महिला बालबालिका शाखा प्रमुख पूजा परियार र एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसिका फोकल पर्सन सरस्वती पौडेलले गरेका थिए । 

    मंगलवार, बैशाख १६ २०८२०६:०१:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend