Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा धार्मिक अनुष्ठान शुभारम्भ, वक्ताद्वारा पार्टीगत कार्यक्रमको झल्को

वालिङमा धार्मिक अनुष्ठान शुभारम्भ, वक्ताद्वारा पार्टीगत कार्यक्रमको झल्को

  • गोपाल जिटी
  • बुधवार, बैशाख १७ २०८२


  • वालिङमा धार्मिक अनुष्ठान शुभारम्भ, वक्ताद्वारा पार्टीगत कार्यक्रमको झल्को

    वैशाख १७, वालिङ ।
    स्याङ्जाको वालिङमा श्रृङ्गारिक महायज्ञ धार्मिक अनुष्ठान—२०८२ शुभारम्भ भएको छ । वालिङमा केदारनाथ शिवधाम निर्माणार्थ श्रीमद्भागवत् सप्ताह तण्डुलाचल श्रृङ्गारिक महायज्ञ धार्मिक अनुष्ठान—२०८२ को नेपाल सरकारका उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमानसिंहज्यूद्वारा शुभारम्भ गरिएको हो ।IMG_8014.JPG
    महायज्ञको शुभारम्भ गर्दै नेपाल सरकारका उपप्रधान एवम् शहरी विकास मन्त्री सिंहले धर्मशाला निर्माण गर्नु अत्यन्त राम्रो कुरा भएको बताउनुभयो । उहाँले वालिङमा धर्मशाला निर्माणका लागि आफू र आफ्नो पार्टीको तर्फबाट सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । 
    शहरी विकास मन्त्री सिंहले धर्म भनेको समाजमा के गर्न हुने के नहुने भन्ने आफैले छुट्याउन सक्ने नीति भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हरेक पेशा व्यवसायको पनि आ—आफ्नो धर्म हुन्छ भने यो धर्म भनेको समाजलाई हीतहुने काम गर्नुपर्छ भन्ने नीति हो । धर्मकै आधारमा राजनीति गर्नेहरु सेवा गर्न भनेर लागेका व्यक्ति हुन् । त्यसैले सबैलाई मान्यहुने गरी गरिएका धार्मिक कार्यहरुमा हामी उपस्थित हुने गरेका छौं ।” 
    विगतमा आफ्ना स्वर्गीय पिता गणेशमानसिं, गिरिजाप्रसाद कोईराला, किसुनजीलगायतका नेतृत्व स्याङ्जामा आएको स्मरण गर्दै उहाँले त्यसकारण पनि आफूलाई यो ठाउँमा आउने मन भएको उल्लेख गर्नुभयो । समाजसेवी डोलराज शर्माको अनुरोध र भगवानको कृपाले आफू महायज्ञ शुभारम्भमा आउने अवसर मिलेको बताउनुभयो ।IMG_7967.JPG
    यसैगरी बरिष्ठ समाजसेवी डोलराज शर्माले नेपाली काङ्ग्रेसमा गुट र फुट छ भन्ने सुनिन्छ तर आफूले त्यस्तो नदेखेको बताउनुभयो । उहाँले नेपाली काङ्ग्रेस अरु जस्तो पार्टी नभएको व्यक्त गर्नुभयो । सबै एकजुट भएर लाग्ने पार्टी भएको उल्लेख गर्दै उहाँले नितान्त काङ्ग्रेस पार्टीको कार्यक्रमको झल्को दिनुभयो । उहाँले आफ्नो अनुरोध र पहलमा नेपाल सरकारका उप प्रधान एवम् शहरी विकास मन्त्रीज्यूलाई महायज्ञ समुद्घाटनमा आमन्त्रण गरेको उल्लेख गर्नुभयो ।
    शिवधाम निर्माण गर्ने वालिङ ८ स्थित केदारनाथ मन्दिरदेखि ¥यालीसहित महायज्ञ अनुष्ठान स्थल खेलमैदानमा प्रवेश गरिएको थियो । स्थानीय समाजसेवी, धर्मानुरागी महानुभावहरु त्था बाजागाजासहितको ¥यालीमा वालिङ क्षेत्रका सत्संघ एवम् आमा समूहहरुको सहभागिता रहेको थियो ।
    आज साँझको आरतीसँगै २३ गतेसम्म सञ्चालन हुने अनुष्ठानमा राष्ट्रियस्तरका चर्चित भजन गायकहरुद्वारा भजनगीतबाट आनन्द लिन पाइनेछ भने दैनिक साँझको समयमा भजन किर्तन हुने आयोजकले जनाएको छ ।
    केदारनाथ शिवधाममा सञ्चालित गुरुकुलमका प्रशिक्षक ध्रुवशरण अर्याल मूल गणेश रहनुहुनेछ भने मुख्य कथा वाचन सोही गुरुकूलमका प्रशिक्षक पण्डित नेत्र पराजुलीले गर्नुहुनेछ ।
    केदारनाथ मन्दिर शिवधाम मन्दिरको आयोजना र वालिङ नगरपालिकाको सहआयोजनामा धार्मिक अनुष्ठान सञ्चालन गरिएको हो ।IMG_7959.JPGIMG_7972.JPG

    बुधवार, बैशाख १७ २०८२०४:१६:१८

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend