Logo

शनिवार, कार्तिक १ गते २०८३

images

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा स्वास्थ्य शिविर

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा स्वास्थ्य शिविर

  • PNN Times
  • शनिवार, बैशाख २० २०८२


  • विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा स्वास्थ्य शिविर

    वैशाख २०, वालिङ ।
    विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्याङ्जाको वालिङमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाले आज शनिबार शिविरको आयोजना गरेको हो । वालिङ नगरपालिकाको सहयोग र गह्रौँ प्राथमिक अस्पताल वालिङको प्राविधिक सहयोगमा शनिबार गह्रौँ प्राथमिक अस्पतालमा पत्रकारहरुका लागि नसर्ने रोग, आँखा परीक्षण तथा महिला पत्रकाहरुका लाीग पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गरिएको हो ।
    शिविरको शुभारम्भ गर्दै वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैह्रेले स्याङ्जाको पत्रकारीता विकास र दक्षताका लागि वालिङ नगरपालिका सँधै साथमा रहेको बताउनुभयो । नगरको समग्र विकासमा पत्रकारहरुको सल्लाह र भूमिका महत्वपूर्ण रहने उहाँले बताउनुभयो ।
    उपप्रमुख तिवारी गैह्रेले भन्नुभयो, “वालिङ स्याङ्जा जिल्लाकै केन्द्र हो, यहाँको विकासका लागि पत्रकारहरुको सुझाव र सहयोग आवश्यकता पर्दछ । जनप्रतिनिधिले नदेखेका धेरै विषय पत्रकारहरुको आँखाले देख्न सक्छ । तसर्थ यहाँको विकासका लागि पत्रकारहरुको अमूल्य सुझाव र सल्लाहकासाथ हामी अगाडि बढ्नेछौँ ।” वालिङको छुट्टै गरिमा र पहिचान गरेकाले यसको साख बचाउँदै थप उचाईमा पु¥याउन तथा नगरका सकारात्मक कार्यहरुहरुलाई आम नागरिकसमक्ष पु¥याउनुपर्छ । यसकासाथै कमीकमजोरी औँल्याउन पनि पत्रकारहरुले भूमिका खेल्ने उपप्रमुख तिवारीको भनाई थियो । 
    कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोईरालाले नेपाल सरकार स्वास्थ्य मन्त्रालयले महिला पत्रकारहरुका लागि पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्ने तथा नसर्ने रोगहरुको परीक्षण गर्ने परिपत्र अनुसार शिविरको आयोजना गरेको जानकारी गराउनुभयो ।  
    कार्यक्रममा ७ जना महिला पत्रकारहरुको पाठेघरको मुख क्यान्सरको स्क्रिनिङ, २४ जना पत्रकारहरुले आँखा, मुटु, सुगर, उच्च रक्तचाप, मृगौलाको परिक्षण गराएका छन् । शिविरमा गह्रौँ प्राथामिक अस्पतालका विशेषज्ञ डाक्टर सुमन थपलिया, मेडिकल अधिकृत डा. रोशन रेग्मी, अस्पताल नर्सिङ निरिक्षक भोजकुमारी शर्मा, ल्याब असिष्टेन्ट निरिक्षक इश्वर कोईरालालगायतको टोलीले सेवा दिनुभएको थियो । 
    शिविरमा २४ जना पत्रकारहरुले स्वास्थ्य परीक्षण गराएका थिए । सबैजनाको आँखा, मुटु, सुगर, उच्च रक्तचाप, मृगौलाको परीक्षण गराइएको थियो । यसमध्ये ७ जना महिला पत्रकारहरुको पाठेघरको मुख क्यान्सरको स्क्रिनिङ परीक्षण गरिएको थियो । शिविरमा स्वास्थ्य जाँचसँगै औषधीसमेत निःशुल्क उपलव्ध गराइएको थियो ।IMG_8517.JPG

    शनिवार, बैशाख २० २०८२०७:१८:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend