Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा जारी धार्मिक अनुष्ठानमा दानदाताहरुको लहर

वालिङमा जारी धार्मिक अनुष्ठानमा दानदाताहरुको लहर

  • गोपाल जिटी
  • आइतवार, बैशाख २१ २०८२


  • वालिङमा जारी धार्मिक अनुष्ठानमा दानदाताहरुको लहर

    वैशाख २१, वालिङ ।
    स्याङ्जाको वालिङमा धार्मिक अनुष्ठान चलिरहेको छ । वालिङ ८ स्थित केदारनाथ मन्दिरलाई शिवधामकारुपमा विकास गर्ने मुख्य उद्देश्यले यही वैशाख १७ गतेदेखि श्रीमद्भागवत् सप्ताह तण्डुलाचल श्रृङ्गारिक महायज्ञ धार्मिक अनुष्ठान—२०८२ सञ्चालन गरिएको हो ।
    सुरुका दिनदेखि नै श्रद्धालु भक्तजनहरुको उत्साहकासाथ सहभागिता रहेको छ । अनुष्ठानमा दानदाताहरुको श्रद्धाभक्तिकासाथ लहर आएको महायज्ञका कथा वाचक एवम् भागवतालङ्कार व्यास नेत्र पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो चौथो दिन मोटो रकमसहितका दानदाताहरुको उपस्थिति रह्यो । वालिङ ८ वालिङ बजारस्थित कामना भाँडा पसलका वीरेन्द्र राना र मञ्जु रानाले रु. ५ लाख २ हजार २ सय २५ दान गर्नुभयो । यसैगरी वालिङ ८ काफलडाँडाका नारायणप्रसाद शर्माले पनि रु. ५ लाख ५ हजार ५ सय २५ दान गर्नुभएको हो । यसकासाथै हजारदेखि लाखसम्मका धेरै दानदाताहरुको सहभागिता रहेको थियो । 
    धर्मशाला निर्माणमा अरु ५ कोठा निर्माणका लागि भनेर आज ठूलो रकमसहितका दाताहरुको आगमन हुने अनुष्ठानका व्यास पराजुलीले बताउनुभयो । यसैगरी भोलि सोमबार छैटौंदिन ठूलो रकमसहितका धेरैजना दानदाताहरुको आगमन हुनेभनी सम्पर्कका आउनुभएको उहाँको भनाई छ । जिल्लाकै मध्येभागमा रहेको केदारनाथमा धर्मशालासहितको शिवधाम निर्माण, कोही भोकै रहन नपरोस भनेर अन्नक्षेत्रको विकास, आध्यात्मिक तत्वले मानव मानवबीचको सम्बन्ध गहन बनाई सकारात्मक सन्देश दिने अभिप्रायले गरिएको अनुष्ठानमा सुरुका दिनदेखि नै दानदाताहरुको लहर आएको छ, उहाँले भन्नुभयो ।
    अब फेरि यस्तो अनुष्ठान कहिले सञ्चालन हुन्छ भन्ने थाह छैन । त्यसैले आज पाँचौंदिनमा हामी छौं । २३ गते अनुष्ठानको समापन गरिने छ । अब छुट्नुभएका आध्यात्मिक एवम् परोपकारी मनहरुले भोलि र पर्सीको दिनमा सहभागिता जनाई कथा श्रवणगरी पूण्यलाभ लिनुहुन महायज्ञ मूल आयोजकको आग्रह छ ।Ss.jpg
    केदारनाथ मन्दिर महायज्ञ मूल समारोह समितिको आयोजना र वालिङ नगरपालिकाको सहआयोजनामा सञ्चालित अनुष्ठानमा भागवतालंकार व्यास नेत्रप्रसाद पराजुलीले संगीतमय शैलीमा कथावाचन गरिहनुभएको छ । यसकासाथै राष्ट्रियस्तरका भजनगायकहरुद्वारा दैनिक भजन किर्तनबाट सङ्गीतमय आध्यात्मिक आनन्द प्रदान गरिरहेको छ । Y2.jpg

    आइतवार, बैशाख २१ २०८२०९:५१:५२

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend