Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा सञ्चालित धार्मिक अनुष्ठान समापन समारोहको प्रमुख आमन्त्रित व्यक्तित्व—पूर्व मन्त्री अर्याल

वालिङमा सञ्चालित धार्मिक अनुष्ठान समापन समारोहको प्रमुख आमन्त्रित व्यक्तित्व—पूर्व मन्त्री अर्याल

  • गोपाल जिटी
  • सोमवार, बैशाख २२ २०८२


  • वालिङमा सञ्चालित धार्मिक अनुष्ठान समापन समारोहको प्रमुख आमन्त्रित व्यक्तित्व—पूर्व मन्त्री अर्याल

    वैशाख २२, वालिङ ।
    स्याङ्जाको वालिङमा सञ्चालित धार्मिक अनुष्ठानको भोलि मङ्गलबार हुने समापन समारोहको प्रमुख आमन्त्रित व्यक्तित्व नेपाल सरकारका पूर्व मन्त्री पद्मा अर्याल आउनुहुने भएको छ ।
    धार्मिक अनुष्ठानको भोलि हुने समापन समारोहको प्रमुख आमन्त्रित व्यक्तित्व नेपाल सरकारका पूर्व मन्त्री पद्मा अर्याल आउनुहुने महायज्ञ मूल आयोजक समितिले जनाएको छ । श्रीमद्भागवत् सप्ताह तण्डुलाचल श्रृङ्गारिक महायज्ञ धार्मिक अनुष्ठान—२०८२ यही वैशाख १७ गतेदेखि वालिङ खेलमैदानमा सञ्चालन गरिएको हो ।
    जिल्लाकै मध्येभागमा रहेको वालिङ ८ स्थित केदारनाथमा धर्मशालासहितको शिवधाम निर्माण, कोही भोकै रहन नपरोस भनेर अन्नक्षेत्रको विकास, आध्यात्मिक तत्वले मानव मानवबीचको सम्बन्ध गहन बनाई सकारात्मक सन्देश दिने लक्ष्यले धार्मिक अनुष्ठान आयोजना गरिएको हो । 
    केदारनाथ मन्दिर महायज्ञ मूल समारोह समितिको आयोजना र वालिङ नगरपालिकाको सहआयोजनामा अनुष्ठान सञ्चालन भएको हो । अनुष्ठानमा भागवतालङ्कार व्यास नेत्रप्रसाद पराजुलीले संगीतमय शैलीमा कथावाचन गरिहनुभएको छ । यसकासाथै राष्ट्रियस्तरका भजनगायकहरुको भजन किर्तनले सङ्गीतमय आध्यात्मिक आनन्द प्रदान गर्दै आएको छ ।
    धार्मिक अनुष्ठानमा धेरैजना परोपकारी तथा आध्यात्मिक मनहरुले श्रद्धाभक्तिकासाथ सहभागिता जनाउदै आउनु भएको भागवतालङ्कार व्यास नेत्रप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
    आज र भोलिगरी मात्र २ दिन बाँकि रहेकाले आध्यात्मिक एवम् परोपकारी मनहरुले सहभागिता जनाई कथा श्रवणगरी पूण्यलाभ लिनुहुन महायज्ञ मूल आयोजकको आग्रह छ ।Netra.jpgY2.jpg

    सोमवार, बैशाख २२ २०८२१०:१५:२७

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend