वैशाख २३, वालिङ ।
स्याङ्जाको वालिङमा सञ्चालित धार्मिक अनुष्ठानको आज समापन हुँदैछ । विभिन्न उद्देश्य र लक्ष्यकासाथ गरिने भएपनि धर्म, संस्कार, संस्कृति संरक्षण संवद्र्धन महायज्ञ तथा धार्मिक अनुष्ठानको मूल ध्येय रहने गर्दछ । तर यहाँ अनुष्ठान मूल आयोजक समितिका कोषाध्यक्ष नै प्रमुख अतिथि बनाएर रमिता देखिएको छ । दानदाताहरुलाई प्रदान गरिने सम्मानपत्रको प्रमुख अतिथि महायज्ञ आयोजक समितिकै कोषाध्यक्ष रहनुभएको छ । धार्मिक अनुष्ठान मूल आयोजक समितिका कोषाध्यक्ष चेतनारायण श्रेष्ठ हुनुहुन्छ । श्रेष्ठकै प्रमुख आतिथ्यतासहितको सम्मानपत्र आयोजकले प्रदान गरिरहेको छ । धार्मिक अनुष्ठान मूल आयोजक समितिका कोषाध्यक्ष नै प्रमुख अतिथि हुन मिल्छ र ? भनी सोध्दा उद्योग वाणिज्य संघको अध्यक्ष हुनुहुन्छ के रे त्यसैले प्रमुख अतिथिको ठाउँमा राखियो । यसकासाथै आउनेलाई दिदै पठाउँदै गर्नुपर्ने भएकाले पनि उहाँको नाम र हस्ताक्षर गराइएको एक सदस्यले बताए ।
जबकि महायज्ञ जस्तो कार्यमा मूल व्यास नै शिर्ष व्यक्तित्व हुनुहुन्छ । औपचारिकताका लागि कसैलाई आमन्त्रण गरिन्छ भने पनि मूल व्यासजीको नाम र हस्ताक्षर गराइनु नै उत्तम हुन्छ । सम्मानपत्रमा प्रमुख कथावाचक (व्यासजी) को साथमा मूल आयोजक समितिका संयोजक, महासचिव र कोषाध्यक्षसम्मको हस्ताक्षर ठिकै होला ।
यस्तो कार्यले कस्तो संस्कारको विकास गर्न खोजिएको हो भन्ने प्रश्न उठाएको देखाउँछ ।