Logo

शनिवार, कार्तिक १ गते २०८३

images

प्रेस चौतारी स्याङ्जाद्वारा अन्तरक्रिया

प्रेस चौतारी स्याङ्जाद्वारा अन्तरक्रिया

  • PNN Times
  • सोमवार, बैशाख २९ २०८२


  • प्रेस चौतारी स्याङ्जाद्वारा अन्तरक्रिया

    वैशाख २९, वालिङ ।
    प्रेस चौतारी नेपाल स्याङ्जा शाखाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शाखाले स्याङ्जाको विकासमा पत्रकार र जनप्रतिनिधीको भूमिका विषयक अन्तरक्रिया आइतबार वालिङमा सम्पन्न गरेको हो । 
    पर्यटकीय स्थलहरुको प्रवद्र्धनमा टेवा पुगोस भन्ने उद्देश्यसहित प्रेस चौतारी नेपाल स्याङ्जा शाखालेवालिङको पर्यटकीय स्थल बाहुनथानमा पालिकाका जनप्रतिनिधी र पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रम गरिएको हो । 
    कार्यक्रमको शुभारम्भ गर्दै प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले प्रेस चौतारीले यो वर्ष प्रशिक्षणको वर्ष मनाउने बताउनुभएको छ । यो वर्ष देशभर प्रशिक्षण कार्यक्रम गर्ने गराउने केन्द्रीय अध्यक्ष पाण्डेले उल्लेख गर्नुभयो ।
    केन्द्रीय कमिटीको कार्यक्रम अनुसार समाज रुपान्तरणको अग्रणी भूमिकामा रहेको प्रेस चौतारी नेपालमा आवद्ध पत्रकारहरुको क्षमता तथा दक्षता विकास गर्नका लागि देशभरका शाखाले यो वर्ष कम्तीमा पनि ३ वटा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्नुपर्ने अध्यक्ष पाण्डे व्यक्त गर्नुभयो ।
    प्रविधिको विकास भईरहेको सन्दर्भमा प्रेस चौतारीमा आवद्ध पत्रकारहरु पनि प्रविधिमय बन्न आवश्यक रहेको र विश्व जगतमा एआई प्रविधि आईरहेका बेला पत्रकार पनि समय सापेक्ष बदलिनुपर्ने अध्यक्ष पाण्डेको जोड छ । अध्यक्ष पाण्डेले भन्नुभयो, “पत्रकारिता जगत अब प्रविधिमय बन्न सकेन भने पछाडि परिन्छ ।” पछिल्लो समय सामाजिक सञ्जाल नै मिडिया हो की भन्ने भ्रम पनि र्सिजना भईरहेको परिपे्रक्षमा पत्रकारिता जगतलाई थप शसक्त बनाउनुपर्ने पत्रकार प्रविधिमैत्रि बन्नुपर्ने चुनौती आएको अध्यक्ष पाण्डेले बताउनुभयो ।
    कार्यक्रममा चौतारीका महासचिव, गण्डकी प्रदेश इन्चार्ज, अध्यक्ष एवम् पत्रकार महासंघका प्रदेश तथा जिल्लाका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । यसैगरी नेकपा एमालेका केन्द्र तथा जिल्ला र नगरतहका नेता एवम् पालिका स्तरका जनप्रतिनिधीहरुको उपस्थितिमा अन्तरक्रियात्मक कार्यक्रम गरिएको थियो ।
    कार्यक्रममा पालिका तथा स्थानीयस्तरमा भए गरेका राम्रा कामहरुलाई पत्रकारहरुले समाचारका माध्यमबाट बाहिर ल्याउन र कमि कमजोरी भएको ठाउँमा सजग गराउनुपर्ने सहभागी जनप्रतिनिधिहरुले धारणा राखेका थिए । यसकासाथै कतिपय अवस्थामा उत्तेजना र आवेगात्मक समाचारहरु आउने गरेको सन्दर्भ जोड्दै जनप्रतिनिधिहरुले पत्रकारहरुले पनि आफ्नो मर्यादा कायम गर्दै कतिपय अवस्थामा आउने गलत सूचनाहरुलाई न्यूनिकरणमा भूमिका खेल्नुपर्ने उनिहरुको सुझाव छ । पत्रकारहरुको साथ र सहयोगमा आफूहरु सधै रहने उनिहरुको भनाई थियो ।
    कार्यक्रममा छैटौं जिल्ला आधिवेशनबाट मणिप्रसाद अर्यालको अध्यक्षता बनेको नयाँ कमिटीको पदस्थापनसमेत गरिएको थियो । यसैगरी अग्रजलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिदै शाखाको छैटौं जिल्ला अधिवेशनबाट निवर्तमान अध्यक्ष हुनुभएका हरिप्रसाद सुवेदी (सुशिल) लाई सम्मान गरिएको थियो ।IMG_0118.JPG

    सोमवार, बैशाख २९ २०८२०८:४६:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend