Logo

शनिवार, कार्तिक १ गते २०८३

images

परम्परागत चौरासी पूजा सामाजिक उत्तरदायित्वसँग जोडिदै

परम्परागत चौरासी पूजा सामाजिक उत्तरदायित्वसँग जोडिदै

  • गोपाल जिटी
  • बुधवार, जेठ १ २०८२


  • परम्परागत चौरासी पूजा सामाजिक उत्तरदायित्वसँग जोडिदै

    वैशाख ३१, वालिङ ।
    जेष्ठ नागरिकहरुद्वारा सहस्र चन्द्रदर्शन चतुराशी सिद्धपुजा (चौरासी) गर्ने परम्परागत चलन हो । चौरासी वर्ष पुगेपछि जेष्ठ नागरिकहरुले यो पूजा मार्फत दान दक्षिणा गर्ने र आशीर्वाद दिने लिने गरिन्छ । पछिल्लो समयमा आएर विभिन्न धार्मिक एवम् सामाजिक संघ संस्थाहरुमा प्रदक्षिणा तथा सहयोग प्रदान गरेर अझ फराकिलोगरी सामाजिक उत्तरदायित्वसँग जोडिन थालिएको छ ।
    यसैबीच स्याङ्जा वालिङका एक जेष्ठ दम्पतिले परम्परागत पूजा, आशीर्वाद दिनेलिने गर्नुका साथै विभिन्न संस्थाहरुमा प्रदक्षिणा तथा सहयोग प्रदान गरेका छन् । वालिङ ८ भिआइपी टोलका हिमबहादुर पराजुली र श्रीमती जमुना पराजुलीले सहस्र चन्द्रदर्शन चतुराशी सिद्धपुजा (चौरासी) को अवसरमा विभिन्न स्थानमा प्रदक्षिणा एवम् सहयोग प्रदान गरेका हुन् । पराजुली दम्पतिले रामदीस्थित संस्कृत गुरुकुलम र शिव पार्वती वृद्धाश्रममा प्रदक्षिणासहित आर्थिक सहयोग गरेका छन् । गुरुकुलमका वटुकहरु र वृद्धाश्रमका जेष्ठ नागरिकहरुलाई प्रदक्षिणा तथा भोजनसहित आर्थिक सहयोग प्रदान गरेका छन् । यसैगरी वालिङ ८ काफलडाँडास्थित गौशालाका लागि पनि सहयोग प्रदान गरेका छन् ।
    परम्परागत पूजाआजासहित सामाजिक उत्तरदायित्वसँग जोडिनु सराहनीय रहेको आम नागरिकहरुको बुझाई रहेको छ ।

    बुधवार, जेठ १ २०८२०७:२०:२३

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend