Logo

शनिवार, कार्तिक १ गते २०८३

images

बिरुवा गाउँपालिकाको सबैभन्दा कम बेरुजु कायम, जिल्लामै प्रथम

बिरुवा गाउँपालिकाको सबैभन्दा कम बेरुजु कायम, जिल्लामै प्रथम

  • गोपाल जिटी
  • बिहिवार, जेठ २ २०८२


  • बिरुवा गाउँपालिकाको सबैभन्दा कम बेरुजु कायम, जिल्लामै प्रथम

    जेठ १, वालिङ ।
    स्याङ्जाको बिरुवा गाउँपालिका सबैभन्दा कम बेरुजु कायम हुनेमा परेको छ । योसँगै कम बेरुजु कायम हुनेमा जिल्लामै प्रथम भएको छ । 
    महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन अनुसार आ.व.२०८०÷०८१ को आर्थिक कारोबारको अन्तिम लेखा परीक्षणमा सबैभन्दा कम बेरुजु कायम हुनेमा परेको हो । कूल कारोबारको ०.१२% बेरुजु कायम भई स्याङ्जा जिल्लाका स्थानीय तहहरु मध्ये बिरुवा गाउँपालिका सबै भन्दा कम बेरुजु कायम भई प्रथम भएको छ ।
    स्याङ्जाका ११ पालिकामा बिरुवाको आ.व.२०८०÷०८१ को आर्थिक कारोबारको अन्तिम लेखा परीक्षणले सबैभन्दा कम बेरुजु कायम हुनेमा परेको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले जानकारी दिनुभयो । 
    यसैगरी गण्डकी प्रदेशका स्थानीय तहहरु मध्ये तेस्रो स्थानमा रहन सफल भएको छ । यस अवसरमा कार्यालयको टिम, जनप्रतिनिधिहरु, कर्मचारी एवं सरोकार वाला सबैमा धन्यवाद व्यक्त गर्दछु, अध्यक्ष कुँवरले सामाजिक सञ्जाल मार्फत भन्नुभएको छ ।

    यसैगरी जिल्लामा कम बेरुजु कायम हुनेमा दोस्रो स्थानमा कालीगण्डकी गाउँपालिका रहेको छ । कालीगण्डकीले कूल कारोबारको ०.२४ प्रतिशत बेरुजु रहेको महालेखाले निकालेको छ । यस्तै फेदिखोला गाउँपालिकाको कूल कारोबारको ०.३४ प्रतिशत कायम भई जिल्लाका स्थानीयतह मध्ये बेरुजु कम हुनेमा तेस्रो स्थानमा रहेको छ ।
    अर्जुनचौपारी गाउँपालिकामा कूल कारोबारको ०.३७ प्रतिशत हुँदा पुतलीबजार नगरपालिकाको ०.६१ प्रतिशत बेरुजु देखिएको छ । गल्याङ नगरपालिकाको ०.६६ प्रतिशत बेरुजु देखिएको छ भने आँधिखोला गाउँपाकिाको ०.७८ प्रतिशत बेरुजु रहेको छ । भीरकोट नगरपालिकाको ०.८० प्रतिशत, वालिङ नगरपालिकाको १.०१ प्रतिशत र चापाकोट नगरपालिकाको २.०४ प्रतिशत बेरुजु देखिएको छ । यसैगरी सबैभन्दा बढी हरिनास गाउँपालिकाको ४.६३ प्रतिशत बेरुजु कायम भएको लेखा परीक्षणको प्रतिवेदनले देखाएको छ ।
    स्याङ्जाका ५ नगरपालिकाहरुमा कम बेरुजुमा पुतलीबजार रहेको छ भने बढि बेरुजु कायम हुनेमा चापाकोट रहेको महालेखाको प्रतिवेदनले देखाएको छ । 

    images

    बिहिवार, जेठ २ २०८२०८:०९:२५

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend