Logo

शनिवार, कार्तिक १ गते २०८३

images

बसाईसराई रोक्न कृषि विकास रणनीति बनाउँदै वालिङ

बसाईसराई रोक्न कृषि विकास रणनीति बनाउँदै वालिङ

  • PNN Times
  • बिहिवार, जेठ २ २०८२


  • बसाईसराई रोक्न कृषि विकास रणनीति बनाउँदै वालिङ

    जेठ १, वालिङ ।
    स्याङ्जाको वालिङ नगरपालिकाले दीर्घकालिन कृषि विकास योजना र रणनीति बनाउन सुरु गरेको छ । बसाईसराईको कारण गाउँको उर्वर जमिन बाँझै हुने अवस्थामा पुगेको र यसको रोकथामका लागि दीर्घकालिन योजना बनाउन सुरु गरेको नगर प्रमुख कृष्ण खांँणले जानकारी दिनुभयो । 
    उहाँले भन्नुभयो,“गाउँगाउँमा रहेको उर्वर भूमि बसाईसराइका कारण बाँझो हुने अवस्थामा पुगेको छ । कुन ठाउँमा कुन खेती गर्न सकिन्छ भन्ने स्पष्ट जानकारी नागरिकलाई दिन सके बसाईसराईमा न्युनिकरण ल्याउन सकिन्छ ।”
    नगरप्रमुख खांँणले मेहनत गरे अनुसारको उत्पादन नहुँदा कृषक पेशाबाटै पलायन हुने अवस्था आएको उल्लेख गर्नुुभयो । गाउँको बाँझो जमिनको सदुपयोग गर्न रणनीति अति आवश्यक परेको उहाँको बुझाई छ । कुन ठाउँमा के खेती गर्न आवश्यक छ भन्ने स्पष्ट खाका बनाउनु नगरपालिकाको योजनामा रहेको प्रमुख खांणले व्यक्त गर्नुभयो । 
    वालिङ नगरपालिकाले हेफर प्रोजेक्ट नेपालसँगको सहकार्यमा दीर्घकालिन कृषि विकास योजना तथा रणनीति बनाउन लागिएको नगरप्रवक्ता एवम् १ नम्वर वडा अध्यक्ष पदमराज गुरुङले जानकारी दिनु भयो । 
    १४ वटा वडा रहेको वालिङमा सबै वडाको वस्तुस्थितिसहित रणनीति तयार हुने हेफर प्रोजेक्ट नेपालका बरिष्ठ कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डेले जानकारी दिनुभयो । वालिङ कृषि विकास परियोजनाको सम्झौता अनुसार हेफरको आर्थिक तथा प्राविधिक सहयोगमा रणनीति तयार गर्न लागिएको उहाँको भनाई छ । 
    छलफलमा डाक्टर रामचन्द्र बस्ताकोटी, डाक्टर अम्मर शाह, नगेन्द्र बस्ताकोटी, अस्मिता नेपाललगायतले कृषि विकास रणीनितको आवश्यक्ता र महत्वका बारेमा जानकारी गराउनु भएको थियो । 
    कृषि विकास योजना र रणनीति निर्माण पश्चात पालिकाले कृषि तथा पशुपालनमा योजना बनाउन र काम गर्न सहज हुने विज्ञ डाक्टर रामचन्द्र बस्ताकोटीको भनाई छ । उहाँले भन्नुभयो,“काम गर्छु भन्ने कृषकलाई कुन ठाउँमा के काम गर्ने भन्ने स्पष्ट जानकारी दिन रणनीति आवश्यक छ ।”

    बिहिवार, जेठ २ २०८२१०:१८:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend