मंसिर १३, वालिङ । वालिङ बचत तथा ऋण सहकारी संस्था वालिङको १९औँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेसन शुरु भएको छ । कोभिड १९ का कारण सञ्चालक समिति र उपसमितिका सदस्यहरु बीचमा आज साधारण सभाको उद्दघाटन गरिएको हो ।
साधारण सभाको उद्दघाटन गर्दै संस्थाका संस्थापक अध्यक्ष श्यामप्रसाद श्रेष्ठले कोरोनाको संक्रमणका कारण सृजित विद्यमान असहज परिस्थ्तििका बाबजुद संस्थाले आयोजना गरेको साधारण सभाको सफलताको कामना गर्नुभयो ।
पछिल्लो समय सहकारीहरु बीच अस्वस्थ प्रतिष्पर्धा भईरहेको भन्दै सहकारी स्वच्छ हुनुपर्ने बताउनुभयो । संस्थाका कोषाध्यक्ष लिलानारायण श्रेष्ठको स्वागतसंगै शुरु भएको कार्यक्रम सचिव खगेन्द्र अर्यालकोे अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहसचिव गुणनिधि काफ्लेले गर्नुभएको थियो ।
२०५९ सालमा स्थापना भएको सहकारीको २ करोड ७१ लख ६८ हजार चुक्ता पुँजी रहेको छ । संस्थाले ११करोड ८२ लाख ८६ हजार ७ सय ३४ रुपैँया कर्जा लगानी गरेको छ भने १४ करोड १३ लाख ८३ हजार ६ सय ८६ रुपैँया निक्षेप रहेको छ ।