Logo

शनिवार, कार्तिक १ गते २०८३

images

भीरबाट लडेका व्यक्ति प्रहरीद्वारा उद्दार

भीरबाट लडेका व्यक्ति प्रहरीद्वारा उद्दार

  • गोपाल जिटी
  • बुधवार, जेठ १५ २०८२


  • भीरबाट लडेका व्यक्ति प्रहरीद्वारा उद्दार

    जेठ १४, स्याङ्जा ।
    स्याङ्जामा भीरबाट लडेका एक व्यक्तिको नेपाल प्रहरीले उद्दार गरेको छ । सुर्खेतको गुर्वाकोट नगरपालिका १४ का ४३ वर्षीय चित्रबहादुर पुनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलीले उद्दार गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार उद्दार गरिएका पुन पुतलीबजार नगरपालिका १४ सेवादीमा ढल बनाउने कामका लागि आएका हुन् । उनी मङ्गलबार राती साढे दश बजेको समयमा आफू बसेको घरबाट पिसाव गर्नका लागि निस्केका थिए । पिसाव फेर्न भनी गएका पुन अकस्मात लडेर करिव १ सय मीटर तल पुगेका थिए । स्थानीयको सहायतामा तत्काल जिल्ला प्रहरी कार्यालयमा खबर भई उद्दार गरिएको हो । गम्भीर अवस्थामा रहेका पुनलाई राती साढे १२ बजे भीरको खोँचबाट उद्दार गरिएको प्रहरीले जनाएको छ । लडेर गम्भीर घाइते भएका पुनलाई तत्काल प्रदेश अस्पताल स्याङ्जामा सामान्य उपचार पश्चात गण्डकी मेडिकल कलेज पोखरा पठाइएको र उपचार भैरहेको प्रहरीले जनाएको छ । फोटो भिर 2082-02-14.jpg

    बुधवार, जेठ १५ २०८२०५:३६:१३

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend