Logo

शनिवार, कार्तिक १ गते २०८३

images

रामपुरमा सहिदहरुको  योगदान र भुमिका बारे अन्तरक्रिया

रामपुरमा सहिदहरुको  योगदान र भुमिका बारे अन्तरक्रिया

  • PNN Times
  • शनिवार, मंसिर १३ २०७७


  • रामपुरमा सहिदहरुको  योगदान र भुमिका बारे अन्तरक्रिया

    सुशीला रेग्मी

    मङ्सीर १३, पाल्पा ।  वर्तमान राजनीतिक अवस्था, सहिदहरुको  योगदान र भुमिका विषयक अन्तरक्रिया  कार्यक्रम पाल्पाको रामपुरमा भएको छ  । सहिद सुर्यप्रसाद घिमिरे अध्ययन केन्द्रको आयोजनामा भएको कार्यक्रमको उद्घाटन प्रदेस सांसद तथा नेपाली कांग्रेस पाल्पाका सभापति बिरबहादुर रानाले गर्नुभएको हो  ।

    images

    संस्थाका अध्यक्ष लक्ष्मण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सांसद रानाले जुनसुकै सहिदले बलिदान दिएका छन्, ती सहिदले आफ्नो परिवारका लागि नभएर सिंगो मुलकको लागि बलिदान दिएका छन् तर ती महान् सहिदको योगदानलाई राज्यले स्मरण गर्नुपर्ने बताउनुभएको छ ।

    सांसद रानाले  देशमा कोरोनाको नाममा भ्रष्टाचार बढेको, सर्वहरा जनतालाई भोकै राखेर समृद्धिको कुरा गर्ने सरकारले जनताको दुखमा प्रभावकारी भुमिका खेल्न नसकेको बताउदै प्रतिपक्षीमा रहेपनि मुलुकको विकासका लागि कांग्रेसले राम्रोलाई राम्रो र नराम्रोलाई  सधै खबरदारी गरिरहेको बताउनुभएको छ ।

    रामपुर नगरपालिकाका प्रमुख तथा संस्थाका सल्लाहकार रमणबहादुर थापाले सहिद सुर्यप्रसाद घिमिरेको योगदानलाई नगरपालिकाले सदैव सम्झिरहेको बताउदै सरकारले देशको लागि लड्दै गर्दा ज्यान गुमाएका सहिदको नाममा केही गर्न नसक्दा दुख लागेको बताउनुभयो ।

    विचार र आस्था आ आफ्नो ठाउमा भएपनि लोकतान्त्रिक पद्धतिमा रहेर काम गर्नुपर्ने बताउनुहुदै नगर प्रमुख थापाले जनताको ईच्छा र भावना विपरीत कार्य नगर्ने बताउनुभयो । उहाँले नगरले खरको छानोरहित नगर,  युवा स्वरोजगार कार्यक्रम, कृषिमा अनुदान, पर्यटकिय तथा धार्मिक क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य,  फोहोर व्यवस्थापन जस्ता कार्यक्रमलाई अगाडि बढाएको जानकारी दिनुभयो ।

    नगरपालिकाका उपप्रमुख तथा संस्थाका सल्लाहकार विष्णुदेवि घिमिरे आचार्यले देश र जनताको लागि लड्दै गर्दा सहिद हुनुभएका सुर्यप्रसाद घिमिरेको योगदानको कुनै पनि निकायबाट कदर नभएको र पछिल्लो समय स्थानीय सरकार रामपुर नगरपालिकाले सहिदको सपना साकार बनाउने कार्यमा  लागेको बताउनुभएको छ ।

    नेपाल विद्यार्थी  संघका केन्द्रिय महामन्त्री युवराज पाण्डेयले विदेशमा अध्ययन गरेर नेपाल फर्केका विद्यार्थीलाई सरकारले नहेरेको बताउदै सरकारले शैक्षिक क्षेत्रलाई उपेक्षा गरेको बताउनुभएको छ । उहाँले कोभिड १९ ले लामो समय सम्म शैक्षिक क्षेत्र ठप्प  रहदा लाखौ विद्यार्थीको पढाइ प्रभावित भएको बताउदै शैक्षिक क्षेत्रको विकास भएमा समग्र देशको विकास हुने बताउनुभयो ।

     

    शनिवार, मंसिर १३ २०७७०७:५६:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend