Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत तालिम सञ्चालन

वालिङमा पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत तालिम सञ्चालन

  • गोपाल जिटी
  • बिहिवार, जेठ ३० २०८२


  • वालिङमा पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत तालिम सञ्चालन

    जेठ २९ , वालिङ ।
    स्याङ्जाको वालिङमा पढ्दै कमाउदै अन्तर्गत विद्यार्थीहरुका लागि तालिम सञ्चालन गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा पढ्दै कमाउदै अन्तर्गत फेशन डिजाइन एवम् ड्रेस मेकरसम्बन्धी एक महिने तालिम सञ्चालन गरिएको हो । वालिङ नगरपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को पढ्दै कमाउदै अन्तर्गत तालिम सञ्चालनमा ल्याइएको हो । नगरपालिकाको सहयोगमा दलित समुदायको परम्परागत शिप विकास संस्था वालिङले तालिमको आयोजना गरेको हो ।KG.jpg
    तालिमको समुद्घाटन गर्दै वालिङ नगरपालिकाका उप प्रमुख कविता तिवारी गैह्रेले उद्यमी उत्पादनसँगै विद्यार्थीहरुले पढ्दै कमाउदै गर्न सकून भन्ने उद्देश्यले सीप विकास सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभयो । निर्धारित समयसम्म जिज्ञासु र अनुशासित भएर शिप विकाससम्बन्धी तालिम लिन उहाँले आग्रह गर्नुभयो । अहिलेको एक महिने सिकाईले प्रयाप्त भएन र थप सिक्न पाए हुन्थ्यो भन्ने लागेमा समय थप गर्नसकिने विश्वास उहाँले व्यक्त गर्नुभयो । तालिम लिएपछि कसरी व्यवसायी बन्ने होला भन्ने लाग्यो भने पेशागतरुपमा अगाडि बढाउन नगरपालिकाले सहयोग गर्ने छ । उहाँले भन्नुभयो, “ तपाईंहरुले तालिम लिनुस, दक्ष बन्नुस, पेशागतरुपमा अगाडि बढ्न नगरपालिकाले सहयोग गर्छ । नगरपालिकामा इविक भन्ने संस्था छ, त्यस मार्फत पेशागतरुपमा अगाडि बढाउनका लागि रु. १० लाखसम्म सहयोग गर्दै आएका छौं । इविक कार्यक्रम सञ्चालन भैरहेको हुन्छ, त्यसमा प्रस्तावना पेश गर्नेहरुलाई बढिमा रु.१० लाखसम्म सहयोग गरेको दृष्टान्त छ । यसरी हामीले उद्यमीमा जोड्न सक्छौं ।”
    यसैगरी अब आउने बजेटबाट पढ्दै कमाउदै गर्ने विद्यार्थीहरुलाई मध्य नजर गरेर तलव पाउने व्यवस्था गर्ने तयारीमा लागेको छ । एक घण्टा काम गरेर तलव पाउने व्यवस्थाको मानसिकता बनाएकोसमेत उहाँले जानकारी गराउनुभयो । योसँगै विद्यार्थीहरु अब पढ्दै कमाउदै गरेर आफ्नो लागि आफै गर्नसक्ने बनाउन नगरपालिकाले प्राथमिकता दिएको नगर उप प्रमुख गैह्रेको भनाई छ । 
    नगरपालिकाले पहिलो कार्यक्रमको थालनी क्याम्पसबाट गरेको छ । यो पहिलो तालिममा नव प्रवर्तककोरुपमा २० जनाले भाग लिएका छन् । नगरपालिकामा १ सय १२ जना उद्यमीहरुछन्, त्यसमा थप उद्यमीहरु सिर्जना गर्न सकियोस भनेर यो तालिम सञ्चालनमा ल्याइएको उप प्रमुख गैह्रेले व्यक्त गर्नुभयो ।WC.jpg 

    बिहिवार, जेठ ३० २०८२०६:०४:५९

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend