Logo

शनिवार, कार्तिक १ गते २०८३

images

गण्डकी प्रदेशको बजेट झण्डै ३२ अर्ब

गण्डकी प्रदेशको बजेट झण्डै ३२ अर्ब

  • PNN Times
  • सोमवार, आषाढ २ २०८२


  • गण्डकी प्रदेशको बजेट झण्डै ३२ अर्ब

                                                                                फोटो फाईल
    असार २, स्याङ्जा । 
    गण्डकी प्रदेश सरकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि झण्डै ३२ अर्बको बजेट प्रस्तुत गरेको छ । आउँदो आर्थिक वर्षका लागि गण्डकी प्रदेशले ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट ल्याएको हो । हिजो आइतबार गण्डकी प्रदेशसभामा आर्थिक मामिलामन्त्री डा.टकराज गुरुङले आउँदो आर्थिक वर्षको आय र व्ययको अनुमान पेश गर्नुभयो ।
    आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्चमध्ये चालूतर्फ  १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ अर्थात कुल विनियोजनको ३९.५ प्रतिशत रहेको छ । पुँजीगततर्फ १९ अर्ब नौ करोड ३३ लाख २४ हजार रुपैयाँ अर्थात् कुल विनियोजनको ५९ दशमलव ७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २५ करोड रुपैयाँ छ । यो प्रदेशले आगामी वर्षमा  एक करोड ५४ लाख ५२ हजार रुपैयाँ सञ्चित कोषमाथि व्ययभार हुने अनुमान गरेको छ ।
    गण्डकी प्रदेशका लागि आगामी आर्थिक वर्षका लागि छुट्याइएको बजेटको स्रोतमध्ये केन्द्र सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट सात अर्ब ७३ करोड ८९ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट नौ अर्ब ७९ करोड २९ लाख ४० हजार रुपैयाँ, रोयल्टी बाँडफाँटबाट ४९ करोड ८९ लाख ७७ हजार रुपैयाँ, सशर्त अनुदानतर्फ तीन अर्ब ३५ करोड ६४ लाख रुपैयाँ, समपूरक अनुदानतर्फ ६३ करोड ९७ लाख रुपैयाँ र विशेष अनुदानतर्फ ४९ करोड ८६ लाख रुपैयाँ प्राप्त हुने गरी स्रोतको अनुमान गरिएको छ ।
    यो प्रदेशले आगामी आर्थिक वर्ष आन्तरिक राजस्व  पाँच अर्ब ४५ करोड ८४ लाख ८८ हजार रुपैयाँ उठाउने अनुमान गरेको छ । साथै, चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयन पश्चात दुई अर्ब २४ करोड ५० लाख ९४ हजार रुपैयाँ नगद मौज्दात बचत हुने रकमलाई पनि बजेटको स्रोत देखाइएको छ । बाँकी  एक अर्व ७५ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने गण्डकी प्रदेश सरकारको योजना छ ।

    सोमवार, आषाढ २ २०८२०७:३२:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend