Logo

शनिवार, कार्तिक १ गते २०८३

images

महिलालाई उद्यमशीलतामा जोड्न कृषि विकास परियोजान 

महिलालाई उद्यमशीलतामा जोड्न कृषि विकास परियोजान 

  • PNN Times
  • बिहिवार, आषाढ ५ २०८२


  • महिलालाई उद्यमशीलतामा जोड्न कृषि विकास परियोजान 

    असार ५, स्याङ्जा ।
    स्याङ्जाको भीरकोटमा ‘कृषि  तथा पशु विकास परियोजना’ सुरु भएको छ । महिलाहरुलाई उद्यमशीलतामा जोड्न कृषि विकास परियोजना सञ्चालन गरिएको हो । 
    पालिकाका साना किसान र महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रुपमा सवल र सक्षम बनाउन कार्यक्रम सुरु गरिएको भीरकोट नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले जानकारी दिनुभयो ।
    भीरकोटका विपन्न र निम्न आय भएका परिवारलाई आयआर्जनमा जोडेर गरिबी कमगर्ने पालिकाको योजना रहेको उहाँको भनाई छ । 
    नगरपालिकाले हेफर प्रोजेक्ट नेपाल र दियालो संस्थासँगको सहकार्यमा कार्यक्रम सुरु गरेको नगरप्रमुख कर्माचार्यले उल्लेख गर्नुभयो । 
    नगरपालिकामा भएको परियोजना समन्वय तथा अनुगमन समितिका पदाधिकारीहरुको अभिमुखीकरण कार्यक्रममा नगरप्रमुख कर्माचार्यले कृषि र पशुको क्षेत्रमा पालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको बताउनु भयो । उत्पादन र बजारीकरणको कामलाई सँगसँगै लैजाने योजना रहेको उहाँको भनाई छ ।
    कृषि तथा पशु उद्यम अन्तर्गत महिला समूहलाई परिचालन गरी कामगर्ने प्रमुख प्रशासकीय अधिकृत उदय बहादुर पराजुलीले जानकारी दिनुभयो । विदेशबाट फर्किएका र स्वदेशमा नै केही गर्न चाहने युवायुवतीलाई उत्पादनमा जोड्न युवा समूह मार्फत पनि काम गर्ने उहाँको भनाई छ । 
    कार्यक्रममा हेफर प्रोजेक्ट नेपालका बरिष्ठ कार्यक्रम अधिकृत बिष्णुप्रसाद पाण्डेले परियोजनाको लक्ष्य,योजना र गरिने क्रियाकलापका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले साना किसान र महिलाहरुको लागि परियोजनाले काम गर्ने जानकारी दिनुभयो । 
    परियोजनाले बैङ्कसँगको सहकार्यमा सहुलियत कर्जा प्रवाहका लागिसमेत काम गर्ने पालिकाले जनाएको छ । हेफरले परियोजनामा भीरकोट नगरपालिकाको ७० प्रतिशत र हेफरको ३० प्रतिशत साझेदारी रहने पालिकाले जनाएको छ ।  परियोजनाका २० महिने अवधिका लागि तीन करोड ५० लाख रुपियाँको बजेट रहेको भीरकोट नगरपालिकाका योजना अधिकृत यामप्रसाद रेग्मीले जानकारी दिनुभयो । कार्यक्रम पालिकाको नौं वटै वडामा सञ्चालन हुने छ । 

    बिहिवार, आषाढ ५ २०८२०६:५१:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend