Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नेपाल आदर्शलाई नेशनल एजुकेशन एक्सलेन्स अवार्ड

नेपाल आदर्शलाई नेशनल एजुकेशन एक्सलेन्स अवार्ड

  • गोपाल जिटी
  • शनिवार, आषाढ ७ २०८२


  • असार ७, वालिङ ।
    स्याङ्जाको वालिङ ८ मा रहेको नेपाल आदर्श आवासीय माध्यमिक विद्यालय नेशनल एजुकेशन एक्सलेन्स अवार्ड २०२५ प्राप्त गरेको छ । फोकस नेपाल काठमाडौंले आज शनिबार जुन २१ तरिखका दिन नेशनल एजुकेशन एक्सलेन्स अवार्ड २०२५ प्रदान गरेको हो ।
    माध्यमिकतहको गुणस्तर, पूर्वाधार र व्यवस्थापनमा उत्कृष्टता हाँसिल गरेको भन्दै फोकस नेपालले नेशनल एजुकेशन एक्सलेन्स अवार्ड २०२५ ले सम्मान गरेको विद्यालयका प्रधानाध्यापक होमकान्त गौतमले जानकारी गराउनुभयो ।
    नेपाल सरकारका पूर्व अध्यक्ष एवम् पूर्व प्रधान न्यायाधिश खिलराज रेग्मीको समुपस्थितिमा विद्यालयका प्रधानाध्यापक गौतमलाई उक्त अवार्डको सम्मानपत्र प्रदान गरिएको हो ।WhatsApp Image 2025-06-21 at 5.23.33 PM.jpeg

    शनिवार, आषाढ ७ २०८२०७:५२:०८

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend