Logo

शनिवार, कार्तिक १ गते २०८३

images

बिरुवा गाउँपालिकामा २२ औं राष्ट्रिय धान दिवस भव्यताका साथ सम्पन्न,यो वर्षको धान दिवस सकियो

बिरुवा गाउँपालिकामा २२ औं राष्ट्रिय धान दिवस भव्यताका साथ सम्पन्न,यो वर्षको धान दिवस सकियो

  • गोपाल जिटी
  • सोमवार, आषाढ १६ २०८२


  • बिरुवा गाउँपालिकामा २२ औं राष्ट्रिय धान दिवस भव्यताका साथ सम्पन्न,यो वर्षको धान दिवस सकियो

    असार–१६, वालिङ ।
    पछिल्लो समय विभिन्न चाडबाड जस्तै असार १५ लाई पनि विशेष पर्वकारुपमा मनाउने कार्यक्रम हुदै आएको छ । मानो रोपेर मुरी उव्जाउने महिनाकारुपमा असर महिनालाई लिइन्छ । असार पन्ध्रलाई धान दिवसकारुपमा विगत २१ वर्षदेखि मनाउन थालिएको हो । यसै अनुसार हिजो आइतबार १५ गते देशभर २२ औं धान दिवस मनाइएको छ । स्थानीय पालिका, सम्बन्धित कार्यालयका प्रतिनिधि, समाजसेवीहरुको सहभागितामा यो वर्षको धान दिवस औपचारिकरुपमा मनाइएको विभिन्न सञ्चार माध्यमले उदृत गरेका छन् ।1000032240.jpg
    यसैबीच स्याङ्जाको बिरुवा गाउँपालिकाले पनि धान दिवस मनाएको छ । बिरुवा गाउँपालिका–१, म्याङखोला पुल नजिकै २२ औं राष्ट्रिय धान दिवस भव्य रुपमा सम्पन्न गरिएको छ । “धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता“ भन्ने नाराका साथ आयोजित कार्यक्रम गाउँपालिकाले आयोजना गरेको हो ।
    कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवर रहनु भएको थियो । 
    अध्यक्ष कुँवरले कृषिमा आधुनिकता र सघनता ल्याएर आत्मनिर्भर बन्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । उहाँले स्थानीय उत्पादन प्रवद्र्धन गर्न र कृषकहरूको जीवनस्तर उकास्न गाउँपालिकाले निरन्तर सहकार्य गरिरहेकाले कृषकहरूमा उत्साह थपिएको विश्वास व्यक्त गर्नुभयो ।
    कार्यक्रममा कृषक, स्थानीय जनप्रतिनिधि, विद्यालयका विद्यार्थी तथा कृषि प्राविधिकहरूको उल्लेख्य सहभागिता रहेको थियो । धान रोपाइँ, लोकनृत्य तथा कृषि प्रविधिका बारेमा जानकारीमूलक सत्रहरू कार्यक्रमको आकर्षण बने । बिरुवा गाउँपालिकाले हरेक वर्ष असार १५ का दिन राष्ट्रिय धान दिवस मनाउँदै आएको छ । यस्ता कार्यक्रमले कृषकहरूमा नयाँ उर्जा थपेको स्थानीयको प्रतिक्रिया रहेको छ ।

    सोमवार, आषाढ १६ २०८२०७:५४:१३

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend