Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सम्झौता नभएको योजनाको भुक्तानी दिन नमानेको भनेर समाचार लेख्ने मिडियाका प्रतिनिधीलाई पालिकामा आउन आग्रह

सम्झौता नभएको योजनाको भुक्तानी दिन नमानेको भनेर समाचार लेख्ने मिडियाका प्रतिनिधीलाई पालिकामा आउन आग्रह

  • गोपाल जिटी
  • मंगलवार, आषाढ २४ २०८२


  • सम्झौता नभएको योजनाको भुक्तानी दिन नमानेको भनेर समाचार लेख्ने मिडियाका प्रतिनिधीलाई पालिकामा आउन आग्रह

                                                                                फोटो फाइल

    असार २४, वालिङ 
    स्याङ्जाको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले सम्झौता नभएको योजनाको भुक्तानी दिन नमानेको भनेर समाचार लेख्ने मिडियाका प्रतिनिधीलाई आज पालिकामा आउन आग्रह गर्नुभएको छ ।
    हिजो सोमबार गाउँ कार्यपालिका कार्यालयमा सम्झौता विपरितको रकम भुक्तानी गर्न अटेरी गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलमाथि कुटपिट गरिएकोसमेत गरिएको भन्ने केही समाचार माध्यमले सार्वजनिकगरेसँगै अध्यक्ष मानन्धरले पालिकामा आउन सामाजिक सञ्जाल मार्फत जानकारी गराउनुभएको हो । 
    अध्यक्ष मानन्धरले सम्झौता नभएको भुक्तानी दिन नमानेको भनेर समाचार लेख्ने मिडियाका प्रतिनिधिहरु मङ्गलबार पालिकामा आउनुहोला समस्या के हो बुझ्न पाइन्छ र समाचार लेख्नुहोला भनी सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको छ । योजना सबै सम्झौता भएका छन् दिन मिल्ने नमिल्ने सिडियो एसपि र समन्वयको टिम बोलाएकोसमेत उहाँले उल्लेख गनुभएको छ । उहाँहरुको रोहवरमा भुक्तानी हुनेछन् सबै योजनाहरुका साथीहरु फाइल बोकेर पालिका कार्यालयमा आउनुहोला पठाउनुहोला, हाकिम हुँ भनेर कार्यालयमा बसिरहेको प्रशासकीय भुक्तानी नदिएर भाग्न नपाउने अध्यक्ष मानन्धरले भन्नुभएको छ ।
    जनतालाई दुःख दिने र काम नगर्ने कर्मचारी आजमात्र होइन विगत ८ वर्षदेखि हरिनासमा बस्न नपाएकोसमेत उहाँले जानकारी दिनुभएको छ ।

    images

    मंगलवार, आषाढ २४ २०८२०८:२४:५४

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend